३ श्रावण, धनगढी ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटस्थित निलम होटेलमा भएको बम विस्फोटमा परी घाइते भएका एकको मृत्यु भएको छ । बिहीबार साँझ भएको विस्फोटनमा परी घाइते भएका राम सिंहको मृत्यु भएको हो।
सिंह बझाङका स्थायी बासिन्दा हुन् । विस्फोटबाट राम सिंहको पछाडिको भागमा निकै चोट लागेको थियो । उनले झोला भिरेका थिए । त्यही झोलाभित्र रहेको बम भित्तामा अडेस लगाउँदा प्रेसरले पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।
विस्फोटमा कम्मर पछाडिको भाग गुमाएका सिंहलाई उपचारका लागि तत्काल बाहिर लैजानु पर्ने चिकित्सकहरूले बताए थिए तर तत्काल बाहिर लैजान नसकेपछि उनको धनगढीस्थित माया मेट्रो अस्पतालमै उपचारका क्रममा राति सवा ११ बजे मृत्यु भएको हो ।
बम विस्फोटमा परी घाइते भएका चार जनाको भने माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले सिंहको शव पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।
न्यूज २४ वाट
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment