२ श्रावण, कैलाली
अनलाईन खवरबाट
कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् ।
घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी-५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी-४ बोराडाडीका केशवराज पाण्डे छन् ।
स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् ।
प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ ।
घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
अनलाईन खवरबाट
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment