खगेन्द्र पराजुली
८ श्रावण, नवलपुर ।
मौषम पूर्वानुमान महाशाखाले नवलपुरमा सावधानी अपनाउन सुचना जारी गरेको छ । मौषम पूर्वानुमान महाशाखाद्धारा मोवाइल एस् एम् एस् मार्फत सतर्क रहन आग्रह गरेको छ । सन्देशमा लेखिएको छ– नवलपरासी डण्डा स्थित बर्षामापन केन्द्रमा भारी बर्षा मापन भएको छ ।
आज बुधवार बेलुका सम्म खतरा रहने संकेत हुँदा डण्डा, कावासोती, र आसपासको गिरुवारी लगाएत अन्य स–साना नदी तटीय क्षेत्रमा खतरा तह बढ्न सक्ने भएकाले बाढी आउन सक्ने छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले जिल्ला भरी नै भारी वर्षा भएको भए पनि अहिलेसम्म सामान्यतया पहाडी क्षेत्रका ग्रामीण बाटाहरु अवरुद्ध भएका बाहेक अहिलेसम्म अन्य क्षतिका घटना नभएको बताउनुभयो ।
वहाँले मौषम पूर्वानुमान महाशाखाले जारी गरेको सतर्क सन्देश पछि आफूहरु पनि सम्भावित खतराका निम्ति पूर्व तयारीमा चनाखो रहेको जानकारी दिनुभयो । वहाँले नारायणी तटीय भू–भागका बस्तीमा आजै पुगेर त्यहाँको अवस्था बुझेको समेत जनाउनुभयो ।
अहिले आकाशको पानी र भिरालो भागबाट बगेर आएको पानी खेत र मैदानमा तालिएको बाहेक नदी तथा खोलाबाट कुनै प्रभाव नपरेको वताउनुभयो । तथापि प्रमुख जिल्ला अधिकारी कार्कीले बर्षातको बेलामा सावधानी अपनाउन र खतरा निकट देखिएमा तुरुन्त सम्वन्धित निकायहरुमा खवर गरिदिनुहुन समेत अनुरोध गर्नुभयो ।

admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment