Wednesday, July 24, 2019


खगेन्द्र पराजुली,
८ श्रावण, नवलपुर ।

प्राकृतिक पर्यावरणको गिरावट र अमानवीयकरण बिषयक अन्तरक्रिया कार्यक्रम देबचुलीमा सम्पन्न भएको छ ।  देवचुलीस्थित उद्योग बाणिज्य संघको सभाहलमा आज सम्पन्न अन्तरिक्रया कार्यक्रमका बीच प्रकृति मानव केन्द्रित अभियान संचालन गर्दै आएको संस्था प्रकृति मानव केन्द्रित जनअभियानको नवलपुर संयोजन समिति समेत गठन भएको छ । 

समाजमा बढ्दो रुपमा देखिएको बिकृति र बिसंगतीका साथै प्राकृतिक दोहनका कारणले प्राकृतिक पर्यावरणका साथै सम्पूर्ण जीव–जगतमै नकारात्मक असर परिरहेकाले यस बिषयमा अत्यन्त गम्भीर हुनुपर्ने र यसलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने उदेश्यका साथ जनअभियान स्थापना गरिएको प्रकृति मानव केन्द्रित जनअभियानका संयोजक लक्ष्मण पुरीले जानकारी गराउनुभयो । 

संयोजक पुरीले एकातिर हाम्रो समाज बिकृति र बिसंगतीको भुमरीमा फस्दै जादा अमानवीकरण बढ्दै गएको छ जसका कारण हाम्रो समाज दुषित बनेको छ त्यसको न्यूनीकरणका लागी संस्थाले अभियान चाल्ने बताउनुभयो भने अर्कातिर प्राकृतिक सम्पतिको दोहनका साथै पर्यावरणलाई असर पार्ने खालका अन्य थुप्रै जानेर र नजानेर गरिने क्रियाकलापले जिवजगत्को अस्तित्व नै खतरामा आईसकेको बताउनुभयो । वहाँले जवसम्म जनतामा जनचेतना जगाउने काम हुदैन तवसम्म कुनै फेरवदल नआउने भन्दै मानबका कारण प्रकृति र प्रकृतिका कारण मानव समेतको बिनासको क्रम बढेको धारणा राख्नुभएको थियो । 

अन्तरक्रियामा नवलपुर र चितवनका करीव ४० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा किसन गैरे, दुर्गा प्रसाद भुसाल, चुडामणि तिमिल्सिना, उत्तम कंडेल, डा. माया गिरी, चन्द्र अधिकारी, ईश्वर गैरे, शुष्मा खनाल, प्रेमा खनाल, सत्यनारायण भुसाल, कृष्ण गौतम, लोकप्रसाद भुर्तेल, सन्तबहादुर घिसिङ लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

सोही उपस्थितिले प्रकृति मानव केन्द्रित जनअभियान नवलपुर संयोजन समिति गठन गरेको छ । समितिको संयोजकमा लक्ष्मण पुरी चयन हुनुभएको छ भने सदस्यहरुमा चुडामणी तिमिल्सिना, लोकप्रसाद भुर्तेल, ईश्वर गैरे र मैना रायमाझी रहनुभएको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *