Thursday, July 25, 2019



९ श्रावण, नवलपुर । 

नवलपुरबाट तेक्वान्दो च्याम्पियन खेलमा सहभागी जनाउन ४ सदस्यीय तेक्वान्दो टोली थाईल्याण्ड प्रस्थान गरेको छ । थाइल्यान्डको बैंकक शहरको एसप्सन युनिभर्सिटीमा जुलाई २७ देखि २८ अर्थात शनिवार र आईतवार २ दिनसम्म आयोजना हुने पाचौं अन्तराष्ट्रिय हिरोज् तेक्वान्दो  च्याम्पियनशिप २०१९ मा सहभागी हुन नवलपुर जिल्लाबाट  २ खेलाडी र २ अफिसियल गरि ४ सदस्यीय तेक्वान्दो टोलि आज थाइल्यान्ड प्रस्थान गरेको हो  ।

प्रतियोगितामा नेपाल तेक्वान्दो संघ नवलपुरका खेलाडी अङ्कित श्रेष्ठले ५८ के.जि.तौल समुहमा र सिजन क्षेत्रीले ४८ केजि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन । 

उक्त टोलिको प्रशिक्षकमा जिल्ला खेलकुद बिकास समिति नवलपुरका कोषाध्यक्ष तथा नेपाल तेक्वान्दो संघ नवलपुरका अध्यक्ष राजु भुसाल हुनुहुन्छ भने टिम ब्यबस्थापकमा नेपाल तेक्वान्दो संघ नवलपुरका  उपाध्यक्ष हरिराम सापकोटा रहनुभएको छ। 

नवलपुरको यो टोलिलाई जिल्ला खेलकुद बिकास समिति नवलपुरका अध्यक्ष बिकास कुमार के.सी., गैंडाकोट नगरपालिका वाड नम्बर २ का अध्यक्ष धुर्बराम पौडेल र नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिका पदाधिकारी तथा  सदस्यहरुले एक कार्यक्रमका बीच बिदाइ गर्नु भयो । टोली १ साताका लागी थाईल्याण्ड प्रस्थान गरेको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *