खगेन्द्र पराजुली
५ श्रावण, नवलपुर ।
नवलपुरको अरुणखोला चोरमारा बीच जंगलमा बेवारिसे शव फेला परेको छ । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मध्यबिन्दु ११ मा पर्ने सडकसँगै जोडिएको जंगलमा अन्दाजी ४५ बर्षको जस्तो देखिने एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
स्थानीयले दिएको सुचनाका आधारमा अरुणखोलाबाट पुगेको प्रहरीको टोलीले शव भेटिएको स्थानको मुचुल्का गर्दै छ भने जिल्ला प्रहरी कार्यालय कावासोतीवाट टोली त्यसतर्फ गईरहेको जनाईएको छ ।
प्रहरी चौकी अरुणखोलालाई उधृत गर्दै सुचना अधिकृत रानाभाटले पूर्वपश्चिम सडक नजिकै दक्षिणतर्फ सडेगलेको र दुर्गन्धित भईसकेको अवस्थाको शव फेला परेको जानकारी दिनुभयो ।
घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरी भर्खरै थाहा पाए लगत्तै लागेको बताईएको छ ।
त्यस्तै, गत असार ३१ गते कावासोतीबाट हराएको टाटासुमो फेला परेको छ । हिलो बाटोमा फसेको अवस्थामा दाङमा गाडी भेटिएको सुचना अधिकारी रानाभाटले बताउनुभयो ।
शुक्रवार फेला परेको टाटासुमो हिजो शनिवार तुल्सीपुर प्रहरी कार्यालयको सहयोगमा कावासोती ल्याईएको हो । चोरीका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment