Sunday, July 21, 2019


खगेन्द्र पराजुली
५ श्रावण, नवलपुर ।

भोली साउन महिनाको पहिलो सोमवार । यसपटकको साउन महिनामा ४ वटा सोमवार परेका छन् । साउन महिनालाई हिन्दु संस्कृति अनुसार महत्वका साथ लिईने गरिन्छ । बिशेष गरेर साउन महिनालाई भगवान् शिवको प्रिय महिना र सोमवार प्रिय बारका रुपमा शास्त्रमा समेत वर्णन गरिएको पण्डितहरुले दावी गर्दछन् । 

साउन महीनामा विशेषरुपमा भगवान् शिवको पूजा गर्ने साथै साउनका प्रत्येक सोमवार शिवभक्तहरु शिवालयमा पुगेर जल, बेलपत्र लगायत अर्पण गर्ने गर्दछन् । भने कोही कोही पहेलो बस्त्र लगायर बोलबम तिर्थयात्रामा समेत निस्कने गर्दछन् । बिशेषत महिलाहरु हरियो कपडा र हरियो चुरा लगायर साउन महिनाभरी प्रकृतिसँग नजिक भएको देखाउने समेत गर्दछन् भने अनुष्ठान र ब्रत समेत बस्ने चलन छ । 
यसै क्रममा सोमवार बिशेष रुपमा नवलपुरका बिभिन्न शिवालयहरु लगायत नारायणीबाट जल भरेर शिब मन्दिरमा अर्पण गर्नेको घुईचो लाग्दैछ । बिशेष गरेर पितौजीघाट, कैलाशेश्वर मन्दिर, दिब्यधाम, पिठौलीघाट, त्रिबेणी लगायत नारायणी नदी किनार सहित प्रगतिनगरको पशुपति साङ्गबेद संस्कृत माबिको परिसरमा रहेको शिबालय मन्दिर, कावासोतीको नर्मदेश्वर शिवालय मन्दिर, मध्यबिन्दुको लोहोसेधारा मन्दिर लगायतका धार्मिक स्थलमा भक्तजनहरु आउने गर्दछन् । 

यसै सन्दर्भ पारेर धर्म संस्कृति संरक्षण र जगेर्नाका लागी भन्दै सामर्थ्य एफ् एम् ९२.१ मेगाहर्ज कावासोतीको आयोजना तथा एसियन थाई फुड्स प्रालिको प्रायोजनमा साउन महिनाका हरेक सोमवार फरक फरक ठाउँमा प्रत्यक्ष प्रसारण र निशुल्क पानी बितरण सहित भक्तहरुका माझ उपस्थित हुने भएको छ । 

भोलीको पहिलो सोमवार कावासोतीको नर्मदेश्वर शिवालय मन्दिरबाट निशुल्क पानी बितरण तथा प्रत्यक्ष प्रसारणमा जोडिने कार्यक्रम रहेको एफ् एम् का प्रबन्ध निर्देशक सागर पोख्रेलले जनाउनुभएको छ । 
  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *