Thursday, July 4, 2019


खगेन्द्र पराजुली
देबचुली, असार १९

गत जेठ १२ गते शिलान्यास गरेर निर्माण कार्य शुरु भएको दलदलेको कृषि उपज संकलन तथा बिक्री बितरण केन्द्रको पहिलो चरणको निर्माणको कार्य सम्पन्न भएको भन्दै हरहिसावको आम्दानी–खर्च सार्वजनिक भएको छ । 
गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय मालेपाटनको चालु आर्थिक वर्षको योजनामा सञ्चालित आयोजनाको स्थानीय साझेदारी संस्था देवप्रगति बहुउदेश्यीय सहकारी संस्थाले आज (बिहिवार) निर्माण स्थलमै सार्वजनिक सुनुवाई गरेको हो । 
देव प्रगति बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हुकुम बहादुर सुवेदीका अनुसार २८ लाख ९९ सय हजार ७ सय ८४ रुपैया अनुमानित लागत खर्चमा थालिएको पहिलो चरणको काममा २९ लाख १४ हजार ५ सय ४ रुपैयाँ खर्च भएको बिवरण प्रस्तुत गरिएको थियो । अध्यक्ष सुबेदीले प्रदेशको कृषि बिकास निर्देशनालयबाट प्राप्त २४ लाख रुपैयाँमा बाँकी अपुग रकम ५ लाख १४ हजार ५ सय ४ रुपैंया साझेदारी सहकारी संस्थाले लगानी गरेको जनाउनुभयो । 
वहाँले १५ मिटर लम्वाइ र ६ मिटर चौडाईका ५ वटा भवन संरचनाको निर्माण भएको वताउँदै यस संरचनामा ५४ वटा सटर सहितको कोठा बनाउन सकिने बताउनुभयो । 

क्रमागत योजना अनुरुप काम गर्दै आयोजना सम्पन्न गरिने बताउँदै वहाँले भन्नुभयो– प्रदेश अन्तर्गतको कृषि बिकास निर्देशनालयले क्रमिक वजेटमा समेट्ने जनाएको छ यहाँ अव कोठा निकाल्ने, सटर हाल्ने, कार्यालय बनाउने र शौचालय सहित फोहोर ब्यवस्थापनका लागी समेत उचित प्रवन्ध मिलाउनुपर्नेछ त्यसका लागी  शौचालय र फोहोर ब्यवस्थापनको प्रवन्ध मिलाउन नगरपालिकाको ३ लाख रुपैंया वजेट आईसकेको छ । अरु सबै क्रमिक रुपमा गरिनेछ । 
निर्माणाधिन संकलन तथा बिक्री केन्द्रलाई सम्वद्र्धन गर्दै स्थानीय उत्पादनलाई समेत प्राथमिकतामा राखी कृषि उपजको ब्यवसायीकरण गर्न अहिले नै ठाउँको माग भएकाले पनि यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन प्रयास गरेको बताउँदै भन्नुभयो– आजै १०–१५ जना स्थानीय ब्यवसायीले ठाउँ मागेका छन् । उनीहरुले भनेका छन्– हामीलाई ठाउँ उपलब्ध गराउनुहोस्, कोठा निर्माण गर्न लाग्ने खर्च हामीले नै गर्छौ, भाडाको दररेटमा घटाउँदै लैजाउँला । 

सुनुवाई कार्यक्रममा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, बालमैत्री परामर्शादाता नारायण पौडेल, दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद न्यौपाने, महिला कल्याण बहुउदेश्यीय सहकारी संस्थाकी अध्यक्ष सरिता शर्मा, सामाजिक अगुवा कार्यकर्ता लोकप्रसाद भुर्तेल, लक्ष्मी बसेल लगायत देबप्रगति सहकारी संस्थाका पदाधिकारी लगायतको उपस्थितिमा भएको थियो भने कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष हुकुमबहादुर सुबेदीले गर्नुभएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *