खगेन्द्र पराजुली
१९ असार, देबचुली
देबचुली नगरपालिका वडा नम्वर ८ मा चालु आर्थिक वर्षका परेका १४ वटा योजना सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०७५–०७६ मा वडामा परेका सबै योजना सम्पन्न भएको भएपनि केही योजनाको बजेट निकासा गर्न भने बाँकी रहेको वडा नम्वर ८ का वडाध्यक्ष चन्द्रबहादुर सिंजालीले बताउनुभयो ।
वडाध्यक्ष सिंजालीले वडामा अति विपन्न परिवारलाई उद्यमशिलतामा आधारित जिबिकोपार्जन कार्यक्रम, कृषि तथा पशुपालन तालिम तथा औषधि र बिउबिजन बितरण, मिलिजुली प्राबिको गेट निर्माण, चिप्ले आँपचौर र चिप्ले कुलो स्तरोन्नति तथा मुहान संरक्षण, ढुंगा माटो निस्काशन बापतको रकमवाट सञ्चालित कार्यक्रम, तिनकन्या सामुदायिक भवन, कम्पाउण्ड, मन्दिर र गेट निर्माण तथा अधुरो चर्चको कम्पाउण्ड निर्माण, खानेपानी तथा धारा निर्माण, फूलबारी मार्गको अधुरो पिच पूर्ण तथा कल्भर्ट निर्माण निरन्तरता, बालक्लव जनता क्षमता अभिबृद्धि, आरनचोकदेखि बेलचोकसम्म महाराजा मार्ग स्तरोन्नति तथा ग्राभेल, राईचोकदेखि मास्की चोकसम्म बाटो स्तरोन्नति तथा कल्भर्ट निर्माण, बौद्ध मार्ग मास्की चोक बाटो स्तरोन्नति, लाइब्रेरीका लागी पुस्तक तथा कम्प्युटर प्रदान, जनचेतना युवा क्लवका लागी वडाध्यक्ष भलिबल प्रतियोगिता, सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य सुधारका लागी अण्डा दिने कुखुरा बितरण, स्वरोजगार तालिम अन्तर्गत मगर तान बुनाई लगायतका कार्य सम्पन्न भएको वताउनुभयो ।
चालु आर्थिक वर्षमा वडाका लागी बिनियोजन भएको ४८ लाख रुपैयाको बजेटबाट १४ वटा योजना सञ्चालन भएको वताउँदै नगरपालिकाबाट बेलचोक गोदावरी मार्गमा २ वटा कल्भर्ट ढलान निर्माणका लागी नगरको आन्तरीकबाट २ लाख रुपैंया र पुनः नगरकै आन्तरीक १ लाख रुपैंयाले तिनकन्या माई मन्दिर परिसरमा बाल उद्यान निर्माण योजनामा खर्च गरिएको वडाध्यक्ष सिंजालीले बताउनुभयो ।
त्यस्तै वडाध्यक्ष सिंजालीले नगरपालिकामा आएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत वडा नम्वर ८ मा परेको ५ लाख रुपैयाले वडाका ७० जनालाई १० दिनका लागी प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराईएको बताउनुभयो । वहाँका अनुसार वडा नम्वर ७ मा रहेको सेन्टर प्लटलाई खेलमैदानमा बिकास गर्ने योजना अनुरुप कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरिएकोले खेल मैदान स्तरोन्नतिमा स्थानीयलाई खटाईएको वताउनुभयो ।
वडा नम्वर ८ मा ८५ जनाले बेरोजगार फारम भरेकोमा ७० जनालाई कार्यक्रममा सहभागी गराएको बताउनुभयो । सहभागीका लागी प्रतिदिन प्रतिब्यक्ति ५ सय २५ रुपैया पारिश्रमिक उपलब्ध गराईने गरी काममा खटाईएको वडाध्यक्ष चन्द्रबहादुर सिंजालीले बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment