Monday, July 22, 2019


खगेन्द्र पराजुली
६ श्रावण, नवलपुर ।

नवलपुरको हुप्सेकाट गाउँपालिका तथा देउराली सोतिखोला खानेपानी तथा सरसफाइ समितिको कार्यालयमा स्थानीयले प्रदर्शन तथा घेराउ गरेका छन् । 

आज कार्यालय समयमा स्थानीयले स्थानीय सरकारको कार्यालय तथा उपभोक्ता सस्थाको कार्यालय घेराउ गरेका हुन् । 

सर्बसाधारण स्थानीयले खानेपानी जस्तो जनताले उपभोग गर्न पाउने अधिकारलाई बिभिन्न बहानामा जनतालाई भार पर्ने गरी शुल्क र योजना सञ्चालनका लागी भन्दै सहयोगका नाउँमा उपभोक्तासँग सहयोग रकम उठाउन नहुने माग राख्दै स्थानीय उर्लेको हो । 

बिगतदेखि नै पानीको समस्या भौग्दै आईरहेको हुप्सेकोटका लागी देउराली सोतिखोला खानेपानीलाई बिकसित गराउँदै लैजान शहरी खानेपानीको अवधारणा अनुसार एक अरवको लगानी हुनेभएपछि स्थानीय सहभागीता अनुरुप पाँच करोड़ रुपैयाँ जनताले उठाउनु पर्ने भनेपछि उपभोक्ता आन्दोलित भएका छन् । 

अहिले उपभोक्ताले सामान्यतया १ सय रुपैया प्रतिमहिनाका दरले खानेपानी महशुल तिर्दै आएका छन् ।

यदि सहरीमा जाने हो भने प्रति महीना ५ सय तिर्नुपर्ने देखिन्छ । भने  छुट्टै करीब १० देखि १४ हजार सम्म नगद सहयोग गर्नुपर्ने कुरा बाहिर आएपछि त्यत्रो रकम बुझाउन नसकिने त्यसका लागी गाउँपालिका र खानेपानी संस्थाले ब्यवस्था मिलाएर जनतालाई सफा र शुद्ध पानी उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

उता, देउराली सोतिखोला खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष मेक बहादुर पुलामीले खानेपानी योजनालाई कार्यान्वयन गराउन सबै उपभोक्ताले सकारात्मक ढंगले बुझिदिन आग्रह गर्दै भन्नुभयो– यो आयोजना १ अर्वको हो, ५ प्रतिसत स्थानीय लागत सहभागिता जुटाउनैपर्छ, त्यो नभई योजना सञ्चालन र कार्यान्वयन समेत गर्न सकिदैन  । 

त्यस्तै, हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले आयोजनाको नियमलाई मिचेर आफूहरु जान नसक्ने तर गाउँपालिकाको निम्ति यो आयोजना गौरवकै आयोजना भएकाले कुनै पनि बहानामा फिर्ता गर्न नहुने भन्दै गाउँपालिकाले यस्को निकास निकाल्न खानेपानी संस्थालाई सघाउने वताउनुभयो । 
वहाँले भन्नुभयो –यो ग्रामीण क्षेत्र हो तर शहरी योजना परेको छ । यो गौरवको आयोजना सफल पार्नका लागी,  हो यो ग्रामीण बस्तीमा केही रकम दिन नसक्नेहरु पनि हुनुहुन्छ त्यस्ता बास्तबिक परिवारका लागी पिउने पानी खान पाउने मौलिक हकबाट बञ्चित नहुन् भनेर केही सोच भने पक्कै बनाउँछौ । 

वहाँले यसका लागी बैज्ञानिक ढंगले यथार्थ तथ्याङ्क संकलन गरेर कुनै पनि आग्रह पूर्वाग्रह नराखी समस्या समाधान गरिने वताउनुभयो । 
नेपाल सरकार संघीय मंत्रालय अन्तर्गतको खानेपानी मन्त्रालयको चालु आर्थिक बर्ष २०७६–०७७ को शहरी खानेपानी आयोजना अन्तर्गत १ अर्वको योजना परेको हो । यो योजना कार्यान्वयन गर्न स्थानीय लागत सहभागिता अन्तर्गत बजेटको ५ प्रतिसत अर्थात ५ करोड रुपैंयाँ उपभोक्ताले नै जुटाउनुपर्ने हुन्छ । 

देउराली सोतिखोला खानेपानी संस्थाले हुप्सेकोटका वडा नम्वर १, २, ३ र ४ मा आफ्नो खानेपानी बितरणको क्षेत्र बनाउँदै खानेपानी बितरण गर्दै आईरहेको खानेपानीका अध्यक्ष पुलामीले बताउनुभयो । खोलाको मूल मुहानको स्रोतबाट खानेपानी प्रदान गर्दै आईरहेकोमा बर्षामा खोलामा जस्तो पानी आयो त्यस्तै पानी खान बाध्य रहेको समेत बताउनुभयो । 

अहिले खानेपानी संस्थाले २४ सय घरधुरीमा खानेपानी पुर्याएको बताउँदै केही क्षेत्र समेट्ने भनेर बिस्तार गर्दा अहिले पानी प्रयोग गर्ने घरधुरीको संख्या बढेर ३ हजार ७ सय पुगेको समेत बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *