खगेन्द्र पराजुली
६ श्रावण, नवलपुर ।
नवलपुरको हुप्सेकाट गाउँपालिका तथा देउराली सोतिखोला खानेपानी तथा सरसफाइ समितिको कार्यालयमा स्थानीयले प्रदर्शन तथा घेराउ गरेका छन् ।
आज कार्यालय समयमा स्थानीयले स्थानीय सरकारको कार्यालय तथा उपभोक्ता सस्थाको कार्यालय घेराउ गरिरहेका छन् ।
सर्बसाधारण स्थानीयले खानेपानी जस्तो जनताले उपभोग गर्न पाउने अधिकारलाई बिभिन्न बहानामा जनतालाई भार पर्ने गरी शुल्क र योजना सञ्चालनका लागी भन्दै सहयोगका नाउँमा उपभोक्तासँग सहयोग रकम उठाउन नहुने माग राख्दै स्थानीय उर्लेको हो ।
बिगतदेखि नै पानीको समस्या भौग्दै आईरहेको हुप्सेकोटका लागी देउराली सोतिखोला खानेपानीलाई बिकसित गराउँदै लैजान शहरी खानेपानीको अवधारणा अनुसार एक अरवको लगानी हुनेभएपछि स्थानीय सहभागीता अनुरुप पाँच करोड़ रुपैयाँ जनताले उठाउनु पर्ने भनेपछि उपभोक्ता आन्दोलित भएका छन् ।
अहिले उपभोक्ताले सामान्यतया १ सय रुपैया प्रतिमहिनाका दरले खानेपानी महशुल तिर्दै आएका छन् ।
यदि सहरीमा जाने हो भने प्रति महीना ५ सय तिर्नुपर्ने देखिन्छ । भने छुट्टै करीब १० देखि १४ हजार सम्म नगद सहयोग गर्नुपर्ने कुरा बाहिर आएपछि त्यत्रो रकम बुझाउन नसकिने त्यसका लागी गाउँपालिका र खानेपानी संस्थाले ब्यवस्था मिलाएर जनतालाई सफा र शुद्ध पानी उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
तस्बीरः प्रियधनको फेसबुकबाट
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment