Monday, July 22, 2019

सन्जय भट्टराई
साउन ६, कावासोती-

 नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक समाजवादका प्रणेता जन नायक विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस आज देशै भर विभिन्न कार्यक्रम गरि मनाईदै छ । यसै बिच नेपाली काङ्ग्रेस नवलपरासी ( बर्दघाट सुस्ता पुर्व) को आयोजनामा कावासोती-८ स्थित बिपि पार्कमा वृक्षारोपण कार्यक्रम गरि बिपि कोइरालालाई सम्झिएको छ । 

नेपाली काङ्ग्रेस जिल्ला सभापति विष्णु लामिछानेको सभापतित्व एवं नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । 

कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसका नेता महेन्द्रध्वज जिसि लगाएतका वक्ताहरुले नेपाली प्रजातान्त्रिक आन्दोलनमा बिपि कोइरालाले पुराएको योगदानको चर्चा गरेका थिए ।
भारतमा अङ्ग्रेज विरोधी आन्दोलनमा सहभागीता जनाएर राजनैतिक जीवन शुरु गरेका कोइरालाले सन १९४७ मा विराटनगर बाट मजदुर आन्दोलन को नेतृत्व गर्दै राणा विरोधी आन्दोलनमा होमिएका थिए । 

त्यस पछि नेपाली काङ्ग्रेस स्थापना गरि नेपालमा राणा विरोधी आन्दोलन अघि बढाएका उनि २००७ सालको प्रजातन्त्र  स्थापना पछि मोहनशमसेर जबरा को नेतृत्वको अन्तरिम सरकारको गृह मन्त्री बनेका थिए । 
बिपि कोइराला २०१५ को आम निर्वाचनबाट नेपाली काङ्ग्रेसले दुईतिहाई बहुमत प्राप्त गरे पछि नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्री बनेका थिए । २०१७ साल पौष १ गते राजा महेन्द्रले कु गरि सत्ता हातमा लिएपछि उनलाई ८ वर्ष कैद गरियो । ८ वर्ष को कैद पश्चात् भारतमा निर्वासन रहेर पन्चायत विरोधी आन्दोलन चलाएका कोइराला २०३३ पौष १६ गते राष्ट्रिय मेलमिलाप को नीति लिएर नेपाल फर्केका थिए । 
नेपाल फर्के पछि पनि उनलाई विभिन्न झुठा मुद्दा लगाई तात्कालिक पन्चायती सरकारले जेलमा कैद गरेर राखेको थियो । राजनीति मात्रै नभएर साहित्यमा पनि उनी सबैले सम्झिने पात्र हुन । 
प्रजातान्त्रिक समाजवादका प्रणेता बिपि कोइरालाले स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सृजना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएका थिए । 
विशेष गरेर उनको तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआईन, हिटलर र यहुदी, बाबू आमा र छोरा, दोषी चस्मा, जेल जर्नल कृतिहरु लोकप्रिय कृति हुन । 
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको त्रिवेणि मानिने कोईरालाको निधन २०३९ साउन ६ गते काठमाडौमा भएको थियो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *