Monday, July 22, 2019


खगेन्द्र पराजुली
६ श्रावण, नवलपुर ।

गण्डकी प्रदेशका २ जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ईन्चार्ज तथा सह ईन्चार्जमा महिला नेतृलाई सिफारीस गरेको छ । त्यस्तै ईन्चार्ज मात्र पाएको मुस्ताङले महिला नेतृत्व पाएको छ । आईतवार बालुवाटारमा बसेको सचिवालय बैठकले देशैभरको इन्चार्ज तथा सह ईन्चार्जहरुको टुंगो लगाएको हो ।

गण्डकी प्रदेशका ११ जिल्ला र पोखरा महानगरपालिकालाई एक जिल्ला सरह मानी १२ जना इन्चार्ज र १५ जना सह इन्चार्ज तोकेको छ । जसमध्ये स्याङ्जा र वाग्लुङका लागी इन्चार्ज तथा सह ईन्चार्जमा महिलालाई नेतृत्व दिएको हो । स्याङ्जा इन्चार्जमा पद्मा अर्याल र सह ईन्चार्जमा सीता सुन्दासलाई तोकेको छ भने बाग्लुङ जिल्ला इन्चार्जमा बलावती शर्मा तथा सह इन्चार्जमा मनाकुमारी जिसी केसीलाई चयन गरेको छ । त्यस्तै मुस्ताङमा श्रीमाया थकालीले इन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।

नेकपा सचिवालय बैठकले प्रदेशका ४ जिल्ला मनाङ, मुस्ताङ, पर्वत र म्याग्दी तथा पोखरा महानगरपालिका सहित ५ स्थानका लागी भने इन्चार्ज मात्र १–१ जना सिफारीस गरेको छ ।
मनाङका लागी रामशरण बस्नेत, पर्वतमा गुप्तबहादुर ठकुरी, म्याग्दीका लागी भुपेन्द्रबहादुर थापा र पोखरा महानगरमा मानबहादुर जिसीलाई ईन्चार्जको जिम्मेवारी दिएको छ ।

गण्डकी प्रदेशका वाँकी ५ जिल्लामध्ये कास्कीमा इन्चार्ज रामकाजी गुरुङ सहित सबैभन्दा धेरै ४ जना सह इन्चार्ज तोकेको छ । कास्की सह इन्चार्जमा श्रीनाथ बराल, भीम कार्की, सीता गिरी र शारदा सुबेदी रहेका छन् ।

त्यस्तै, गोरखामा कृष्णप्रसाद धिताल सहित सह इन्चार्जमा परशुराम रम्तेल, सुशिला सिंखडा, चुडामणी जंगलीलाई छानेको छ भने तनहुँँमा इन्चार्ज हरिबहादुर चुमान सहित सह इन्चार्जमा आशा कोईराला, एकबहादुर राना र प्रतापलाल श्रेष्ठलाई पठाएको छ ।

लमजुङका लागी ईन्चार्जमा मायानाथ अधिकारी र सह ईन्चार्जमा अमरबहादुर तमुलाई तोकेको छ भने देशकै कान्छो जिल्लाको रुपमा रहेको नवलपुर जिल्लाको इन्चार्जमा तिलक महतलाई चयन गरेको छ भने सह ईन्चार्जमा बालकृष्ण गैरे (किसन) र रबिन्द्र अधिकारीलाई छनोट गरेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *