Friday, July 19, 2019


गिता राना मगर, पोखरा
३ श्रावण,


उपल्लो मुस्ताङ अन्तर्गत लोमन्थाङ गाउँपालिकाका ग्रामीण क्षेत्रमा मोटर बाटो पुगेको छ । लोमन्थाङका समजुङ, ध्ये र ताङग्ये लगायतका स्थानमा मोटरवाटो पुगेको हो । 

छोसेरको नम्सुङदेखी सम्जुङसम्मको ११ किलोमिटर सडक खण्ड गण्डकी प्रदेशको ५० लाख र लोमान्थाङ गाउपालिकाको २० लाख गरी ७० लाखको लागतमा निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न पछि सडकको उद्घाटन प्रदेश साँसद इन्द्रधारा विष्टले गर्नुभयो । 

साँसद बिष्टले सडक उद्घाटनका क्रममा आफूले निर्बाचनताका जनतासँग गरेको बाचा सम्झिदै भन्नुभयो– मैले यहाँको समस्या र माग जनताबाटै प्रत्यक्ष बुझेको थिएँ त्यसबेला बाटोका कारणले यहाँको जनजीवन अत्यन्त कष्टकर भएकोले थुप्रै समस्याका बीचवाट सडक निर्माणका लागी जोड गरिएको थियो त्यो कुरा अहिले पनि मैले सम्झिएको छु । 

उहाँले अगाडि थप्नुभयो– समजुङबासीको निम्ती यो ऐतिहासिक सफलता हो तर यतिले मात्रै यहाँको समृद्धिको यात्रा नरोकिने भन्दै आगामी दिनमा समग्र उपल्लो मुस्ताङको बिकासमा निरन्तर लागिरहने वताउनुभयो । 
विगतमा समजुङबासी घण्टौ लगाएर लोमान्थाङ झर्र्नुपर्ने,  खच्चर एवं मानिसले सामान ओसार्न पर्दा निकै कष्ट भोग्नुपर्ने गाउमा मोटरबाटो बनेपछि गाउबासीमा खुसीयाली छाएको स्थानीय डुण्डर गुरुङले सुनाउनुभयो । 

 अर्का स्थानिय पाछिरिङ गुरुङले गण्डकी प्रदेशको उच्च हिमाली क्षेत्र लोमान्थाङ गाउपालिकाको समजुङमा मोटरबाटो पुगेपछि स्थानीयको दुखको दिन गएको बताउँदै। स्थानीयले वर्षा याम र हिउदमा निकै सास्ती खेप्दै कष्टकर जीवन यापनको पिडा अव हटेर गएकोमा खुसी ब्यक्त गर्नुभयो । 

1 comment:




Contact Form

Name

Email *

Message *