दयाराम आचार्य
कावासोती, साउन ४ ।
शहिदहरुले देखेको सपना साकार पार्नका लागि लाग्नुपर्ने पूर्ण बहादुर परियार र यम बहादुर कार्कीको २६ औं स्मृती सभामा बोल्ने वक्ताहरुले बताएका छन् । कावासोती १६ डण्डामा भएको स्मृती सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य किशन शर्माले शहिदका सपना साकार पार्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
वि.सं.२०५० सालमा टनकपुर सन्धी खारेजीको माग, दासढुङ्गाको रहस्यमय हत्याको र बिभिन्न जनजिविकाको सवालमाका विषयलाई लिएर वाम घटकहरुले गरेको सयुक्त आन्दोलनमा शाहदात प्राप्त गर्ने पूर्ण बहादुर परियार र यम बहादुर कार्कीको स्मृतिमा गरिएको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य किशन शर्माले उक्त आन्दोलनको सन्देश समेत कम्युनिष्ट पार्टी एकिकरणको रहेकाले सोही अनुसार अहिले पार्टी एकिकरणको काम भएको उहाँले बताउनुभयो । अझै अन्य कम्युनिष्ट पार्टीहरुलाई समेत एकताबद्ध बनाउदै लैजानुपर्ने उहाँले बताउनुभयो ।
उहाँले अहिले कम्युष्टि पार्टीको सरकार रहेकाले सरकारले कम्युनिष्ट पार्टीको घोषणापत्र अनुसार नै जनजिविकाका सवालमा कार्यहरु गर्नुपर्ने बताउनुभयो । सरकार शासक होईन सेवक हो भन्ने हिसाबले जनताका सवालमा कार्य गर्दै जानुपर्ने उहाँको तर्क थियो ।
स्मृती सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नवलपुरका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले आउदा दिनमा शहिदले देखाएको बाटो अनुसार सबैले काम गर्दै जानुपर्ने बताउनुभयो । उहाँले तत्कालीन समयमा पार्टीको नीति निर्देशन अनुसार सबै लाग्ने परिपार्टी भएको भए पनि अहिले पार्टी नीति निर्देशन नमान्ने प्रवृति देखिएको बताउनुभयो । पार्टीले दिएको अवसरलाई आफ्ना कारण पाएको भन्ने , पार्टीको नियम पालना नगर्ने, कुनै कार्यक्रम भए पार्टीको कार्यक्रम हो गए पनि भयो, नगए पनि भयो भन्ने प्रवृति देखीएको बताउनुभयो ।
उहाँले पार्टीले अवसर प्रदान गरेकै कारण विभिन्न स्थानमा जित निकाल्नेहरुले समेत पार्टीको योगदानलाई बिर्सने प्रवृति बढेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
वहाँले पार्टी एकता भएको भए पनि एमालेले पूर्व एमालेकै छनक र माओवादीले पूर्व माओवादीकै छनक देखाउनु कुनै अर्थ नहुने र एक भएर लाग्नुपर्ने बताउनुभयो ।
स्मृती सभामा बोल्दै संविधान सभा सदस्य कृष्ण पौडेलले कम्युनिष्ट पार्टी भित्र दक्षिणपन्थी झुकाव र सुविधाभोगी ब्यवहार देखिएकोले कम्युनिष्ट आन्दोलनका लागि यो खतरा भएको बताउनुभयो । मुलुक परिवर्तनमा शहिदहरुले देखाएको बाटो अनुशरण गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्मृति सभामा तत्कालीन समयमा आन्दोलनमा सहभागि हुदा जेल परेका १२ जनालाई सम्मान गरिएको थियो ।
शहिद स्मृति पार्क निर्माण समितिका अध्यक्ष सूर्यप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तेजेन्द्रबहादुर केसीले तथा स्वागत मन्तव्य प्रदेश कमिटि सदस्य दुर्गादत्त भण्डारीले राख्नुभएको थियो ।
admin






0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment