नवलपरासी, साउन ४ ।
जंगली च्याउ टिप्न मदरबाबा जंगल गएका बर्दघाट नगरपालिका १५ तेलहा गाउँका १० जना किशोरहरू हिजोदेखि सम्पर्कबिहिन बनेका छन् । च्याउ टिप्न जाने भन्दै हिजो दिउँसो १ बजे गाउँका १६/१७ वर्षे उमेर समूहका १० जना किशोरहरू एकसाथ जंगल पसेका थिए ।
राति अबेरसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेको स्थानीय टेक बहादुर थारूले बताउनुभयो । टेक बहादुरका छोरा सुरज चौधरी पनि हराइरहनु भएको छ ।
स्थानीयवासी, प्रहरी तथा वनका कर्मचारीहरु परिचालन गरिएको भए पनि अहिलेसम्म उनीहरुको खबर पाउन सकिएको छैन ।
आज बिहान फेरि गाउँका थप व्यक्तिका साथ खोजी थालिएको छ । बिहान १० बजे हराएका मध्ये एक जनाको फोन आएको र ’हामी पहाड पारि हराएका छौं’ भन्ने बताएपछि खोजीका लागि गाउँलेहरु पहाडतर्फ उक्लिएका छन् ।
मोबाइल नेटवर्क नभएका कारण सम्पर्कबिहिन भएको स्थानीयले बताएका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment