खगेन्द्र पराजुली
श्रावण ४, नवलपुर ।
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ ले शनिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ४ का वडा अध्यक्ष गिरबहादुर थापाको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
कार्यक्रममा वडाको लागि विनियोजित बजेट र खर्चको बारेमा वडा बासिलाई जानकारी गराइएको थियो । आर्थिक बर्ष २०७४–०७५ र ०७५–०७६ को छुट्टाछुट्टै विवरण जानकारी गराउदै वडा अध्यक्ष थापाले आर्थिक बर्ष २०७४–०७५मा वडा नम्बर ४ का लागी प्राप्त कुल ६० लाख बजेटमा बाटो निर्माणमा बढि खर्च गरिएको बताउनुभयो ।
वहाँले ५४ लाख रुपैयाँ बाटो निर्माण, कल्भर्ट, पूर्वाधार तथा स्तरोन्तति लगायतमा खर्च गरिएको बताउनुभयो । त्यस्तै, शिक्षामा ५ लाख र शहरी स्वास्थ्यमा १ लाख रुपैया खर्च गरिएको जानकारी दिनुभयो । पछि नगरको आन्तरीकबाट प्राप्त भएको १ लाख रुपैया समेत बाटोमै खर्च गरिएको बिवरण प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै गत आर्थिक बर्ष २०७५–०७६ मा परेको वडाको बजेट ५२ लाख मध्ये खानेपानीका लागी २० लाख, बाटो स्तरोन्नति, कल्भर्ट निर्माण, ह्यूम पाईप, तथा पूर्वाधारमा १८ लाख, शिक्षामा ७ लाख, स्वास्थ्यमा २ लाख, महिला उद्यमी भवनमा २ लाख, खेलकुदका सामाग्रीमा १ लाख, क्रियापुत्री भवन स्तरोन्नतिमा १ लाख र बन बातावरण तथा बिपत् ब्यवस्थापनसँग सम्वन्धित जनचेतनामूलक होर्डिङ् बोर्डमा १ लाख गरी ५२ लाख रुपैया खर्च गरेको बिवरण सार्बजनिक गरिएको थियो ।
गत आर्थिक वर्षमा नगरको आन्तरीकबाटै थप भएको १२ लाख रुपैयाको बजेट बाटो ग्राभेलमा ३ लाख, शिक्षामा ३ लाख, पक्की कल्भर्ट निर्माणमा ५ लाख, खानेपानीमा १ लाख रुपैया लगानी भएको वताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment