Wednesday, August 14, 2019


नवलपुर, बुधबार, २९ श्रावण । 

पूर्व–पश्चिम लोकमार्ग अन्तरगत पूर्वी नवलपरासीको अरुणखोला पुलमा ट्रक दुर्घटना भएको छ। ट्रकले ठक्कर दिँदा पुलमा क्षति पुगेको छ।  

पूर्वतर्फको भागमा ट्रकले ठक्कर दिँदा पुलको केही भाग चर्किएको छ। पुल चर्किएपछि ठुला सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्। 

साना हलुका सवारीसाधनलाई संचालनमा ल्याइएको नवलपुर प्रहरीले जनाएको छ। 

आज बिहान ४ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एकातर्फको भागमा ठक्कर दिँदा पुल चर्किएको हो ।  

पुल चर्किएपछि पूर्वपश्चिम लोकमार्ग भएर गुड्ने सवारीसाधन  संचालनमा ल्याउन प्रहरीले रोक लगाएको छ । 

साना र हलुका सवारीलाई भने पालैपालो दुवैतर्फ संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

अहिले ठूला मालबाहक एवं सवारी बोक्ने वस लगायतका गाडीहरु पुलको दायाँवाँया रोकिएका छन् । यात्रुहरुलाई असहज भईरहेको छ । 

उता जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले पुलको बेसमा क्षति पुगेकाले तत्काल पुलबाट वारपार गर्न सक्ने अवस्था नरहेकाले खोलामा अस्थायी डाईभर्सन बनाउनका लागी सम्वन्धित कार्यालय र सरोकार सम्वन्धित निकायसँग समन्वय हुदै गरेको बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *