Thursday, August 15, 2019


खगेन्द्र पराजुली
३० श्रावण, नवलपुर । 

गत असार १२ गते प्रकाशित एस्ईई परीक्षाको नतिजा प्रकाशनप्रति आफ्नो चित्त नवुझेकाले पुनर्योगका लागी निवेदन हालेका नवलपुरस्थित समता स्कुलका बिद्यार्थी बसन्त पाठकले ४ जिपीए ल्याएका छन् । 

समताका छात्र पाठकले अंग्रेजी बिषयको पुनर्योगका लागी निबेदन हालेको र सो बिषयको रि–टोटलिङ हुदाँ अंग्रेजीमा समेत ४ मा ४ जिपीए आएसँगै नवलपुरबाट एस्ईई २०७५ मा समताबाटै ४ जिपीए ल्याउने बिद्यार्थी २ जना भएको बिद्यालयका प्रिन्सिपल महेश भुर्तेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ । 

वहाँले लेख्नुभएको छ– पहिले नतिजा सार्वजनिक हुदाँ उनको जि पि ए ३.९५ आएकोमा अग्रेजीमा ’ए’ ग्रेड आएको थियो । 

प्रिन्सिपल भुर्तेलले यो नतिजा नवलपरासी जिल्लाकै ऐतिहासिक उत्कृष्ट नतिजा भएको दावी गर्नुभयो ।

योसँगै समताको एसईई २०७५को नतिजा अनुसार उच्च जिपीए ल्याउने २ जना भएका छन् । 

यसअघि प्रतिभा भुर्तेलले ४ मा ४ जिपीए ल्याएर नवलपुर प्रथमका रुपमा आफूलाई उभ्याईसकेकी छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *