Friday, August 16, 2019


खगेन्द्र पराजुली
३१ श्रावण, नवलपुर । 

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणपछि अनुसन्धानका क्रममा पछिल्लो पटक प्रशासनले चालेको कदम अनुसार पत्रकार रबि लामिछानेलाई हिजो प्रहरीले पक्राउ गरेको छ । 

रबि लामिछाने पक्राउ परेपछि आजै बिहानदेखि चितवनमा आफूहरुलाई रबिका समर्थक भन्दै उनी निर्दोष भएको दावी गर्दै सडकमा प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा सहभागी प्रदर्शनकारीले भ्रष्टाचारी मुर्दावाद, रबिलाई न्याय दे, गृहमंत्री मुर्दाबाद, देशद्रोहीलाई फाँसी दे , अरिगालहरु चाहिदैन, बलात्कारी शासन मुर्दाबाद लगायतका सरकार र प्रशासनबिरोधी आवेगात्मक नाराहरु लगाएका छन् । 

रबिसंगै युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी चितवन ल्याएको छ । प्रहरीले उनिहरुलाई मध्यरात १ बजे चितवन ल्याएको हो । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिनुभएको छ । 

आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने उहाँले बताउनुभयो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *