Saturday, August 17, 2019


खगेन्द्र पराजुली
३२ श्रावण, नवलपुर ।

नेपाल सरकार संघीय मन्त्रालय अन्तर्गत भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बुधवार क्षति भएको अरुणखोला पुलको निरीक्षण गर्नुभएको छ । 
पूर्व पश्चिमको लाईफलाईन भनिने मुख्यमार्गमा बुधवार एक ट्रकले अरुणखोलाको पुलमा ठक्कर दिदा पुलको बेश लच्किएर क्षति पुगेपछि बुधवार बिहानदेखि पुलबाट ठूला र भारवाहक गाडीहरुलाई आवत जावतमा प्रभावित भएका थिए । 

मंत्री महासेठले अनुगमनका क्रममा सडक डिभिजन कार्यालयलाई तत्काल अबिलम्व पुलको मर्मतमा लाग्न निर्देशन दिएको सत्तापक्ष नेकपा जिल्ला कमिटि नवलपुरलाई उधृत गर्दै स्थानीय जिल्ला नेताले जानकारी दिएका छन् । 

आज नवलपुर आउनुभएका मंत्री महासेठ जिल्लाका मध्यबिन्दु र बिनयी त्रिबेणी मा सञ्चालित अन्य आयोजनाको समेत निरीक्षण, अनुगमन हुने पार्टीले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *