Saturday, August 17, 2019


खगेन्द्र पराजुली
३२ श्रावण, नवलपुर ।

गत असार २७ गतेदेखि सञ्चालित ३७ दिने धार्मिक एवं योगाभ्यासको  आज समापन गरिएको छ । देबचुली नगरपालिकाको वडा नम्वर १२ स्थित जनबस्तीमा रहेको कालिका आश्रम शिवधाममा ३७ दिने धार्मिक अनुष्ठान लगाईएको थियो । 

गत असार २७ गते परेको हरिशयनी एकादशीको अवसर पारेर आरम्भ भएको धार्मिक क्रियाकलाप अन्तर्गत शतरुद्री, शतचण्डी र शिवपुराण भागवत पारायण भएको थियो । 

बिहान ५ बजेदेखी ७ बजेसम्म दैनिक योगाभ्यासबाट दैनिकी शुरु भएपछि क्रमशः पुजा–आरती, बिभिन्न पाठ–पारायण, जप–हवन, भक्ति–संगीतमय कथा प्रवचन, टीका–प्रसाद बितरण, पुनः साँझ योगाभ्यास त्यसपछि महाआरती नियमित रुपमा गर्दै आज समापन भएको मन्दिर समितिले जनाएको हो । 

एक महिना लामो धार्मिक कार्यक्रम तथा योग क्रिया अन्तर्गत ब्यासाचार्यका रुपमा श्री शुकदेब स्वामीले प्रबचन गर्नुभएको थियो भने यज्ञाचार्यका भूमिकामा श्री कुण्डलकृष्ण महाराजले यज्ञस्थलमा पूजापाठ गर्नुभएको हो । दैनिक योगमा योगाचार्य दुर्गाप्रसाद बस्यालले सहजीकरण गर्नुभएको थियो । 

३७ दिनसम्म सञ्चालित यो धार्मिक अनुष्ठान कुनै बृहत्तर भौतिक योजना सम्पन्न गर्ने र आर्थिक संकलन गर्ने उदेश्यले नभई हवन–स्वस्ती शान्तिका माध्यमबाट समस्त बिश्व जगतको शान्तिको कामनार्थ तथा स्थानीय रुपमा उपस्थित भएर श्रावण महिनामा गरिएको शिव पुराणको महात्म्य श्रवण गरी पुण्य प्राप्त गर्न गरिएको मन्दिर समितिका उपाध्यक्ष नारायण काफ्लेले बताउनुभयो । 

यज्ञसम्पन्नका लागी उपस्थित भक्तालुहरुले भेटी स्वरुप भगवानलाई चढाएको दान रकम र कोही कोहीले रसिद मार्फत् गरेको सहयोगले अहिलेको खर्च गरिएको समितिले जनाएको छ भने आम्दानी खर्चको दैनिक हिसाव राखिएको जनाउँदै तत्कालका लागी भने ब्यक्तिगत सरसापटी ऋणबाट यज्ञ उम्काईएको बताईएको छ । 

बौलाहा खोलाको नजिकै वारी र पारी गरी ८ बिगाहा क्षेत्रफल रहेको जमिनमा शिबधाम लगायत भगवती आश्रम, पैंयुकोट, लुग्रेङ्कोट समेतको स्थापना गरी मन्दिर संरचना रहेको जनाईएको छ । 

२०५० सालमा स्थापना भएको यस मन्दिरमा २०७४ मा महायज्ञ गरिएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *