Sunday, August 18, 2019


खगेन्द्र पराजुली
१ भदौ, नवलपुर (त्रिबेणी) 

संघीय सांसद तिलक महतले छोटी भन्सार कार्यालय त्रिबेणीलाई प्रमुख नाकाका रुपमा सञ्चालनमा ल्याईने धारणा ब्यक्त गर्नुभएको छ । आज एक समारोहकाबीच जाँचपासको शुभारम्भ गर्दै सरकारको रुलिङ पार्टी नेकपाका केन्द्रिय सदस्य समेत रहनुभएका नेता महतले गण्डकी प्रदेशकै एकमात्र दक्षिणी भन्सार नाकाका रुपमा रहेको त्रिबेणी छोटी भन्सार कार्यालयको जाँचपास सेवाको शुभारम्भ गर्नुभएको हो ।

वहाँले भारतको बिहारसँग सिमाना जोडिएको गण्डकी प्रदेशकै एकमात्र नाका त्रिबेणी भएकाले यो सीमा क्षेत्रमा रहेको भन्सारलाई ब्यापारीक केन्द्रको रुपमा बिकास गर्दै कान्छो जिल्ला नवलपुरलाई ब्यापार र उद्योगका क्षेत्रमा पहिचान स्थापित गर्न सकिने जिकिर गर्नुभयो । 

सांसद महतले समग्र गण्डकी प्रदेशकै संमृद्धिका लागी पनि छोटी भन्सारलाई अबिलम्ब ब्यवस्थित गर्दै आवश्यक पूर्वाधार सहित बिभागहरु समेत स्थापना गर्न प्रदेश सरकारलाई पनि सुझाउनुभयो । 

वहाँले उत्तरी नाका कोरला र दक्षिणी नाका त्रिबेणीलाई प्रदेश लाईफलाइनका रुपमा मानिएको सडक सञ्जालले जोड्दा यसले त्रिदेशीय ब्यापारीक सम्बन्धलाई स्थापित गर्ने समेत दावी गर्नुभयो । यसका लागी आफुले सदनमा समेत कुरा उठाईरहेको स्मरण गर्दै सबैभन्दा पहिले सरकारले सबै बाधा ब्यवधानहरु सुल्झाएर त्रिबेणी–दुम्किबास सडक सुचारुका लागी मध्यबर्ती तथा निकुञ्जसँग सहमति जुटाईदिन केन्द्रिय सरकारसँग माग गर्नुभएको हो ।


जाँचपास सेवा शुभारम्भ समारोहमा प्रदेश साँसदद्धय रोशनबहादुर गाहा मगर र जनकलाल श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की, बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल लगायत सरकारी गैरसरकारी निकाय र संघसंस्थाका प्रमुख एवं प्रतिनिधि सहित उद्योगी ब्यापारी समेतको उल्लेख्य उपस्थिति रहेको थियो । 


महेशपुर भन्सार कार्यालय मातहत रहेको त्रिबेणी छोटी भन्सार कार्यालयबाट शुरुमा २५ हजारसम्मको सामानको भन्सार काट्न पाउने व्यवस्था जाँचपासको शुभारम्भ भएपछि यसभन्दा अगाडि सँधै उपेक्षामा परेको महशुस गरेका स्थानीय सहित नवलपुरका ब्यापारी ब्यवसायी तथा उद्योगीहरुले अव भने तीनै तहका सरकारले यहाँको बिकासमा चासो राख्नेमा बिश्वस्त भएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *