खगेन्द्र पराजुली
सोमबार, २ भाद्र, नवलपुर (अरुणखोला)
अरुणखोलाको पुल लच्किएर क्षति पुग्दा र बर्षातका बेला अस्थायी डाईभर्सन नटिक्दा बुटबल–नारायणगढ यात्रा गर्न कठिन भएको छ । पानीको बहाव बढेसँगै अरुणखोलामा यातायात आवागमन प्रभावित हुन पुगेको हो ।
हिजो साँझदेखि आज बिहानसम्म यातायातका साधनहरु अरुणखोलाबाट वारपार गराउन रोक लगाईएको थियो केही पानीको बहाव कम भएकाले ३ घण्टा जति अस्थायी डाईभर्सन भन्दा तलबाट वारपार गर्न मिल्ने सम्भावित र उपयुक्त ठाउँ भन्दै केही सवारी साधनहरु वारपार भएका थिए । तर, फेरी खोलामा पानीको मात्रा र वहाव बढेकाले गाडीलाई खोलामा प्रबेश गर्न रोक लगाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत अर्जुन रानाभाटले गण्डकी खवर नेटवर्कलाई बताउनुभएको हो ।
वहाँका अनुसार पूर्ब पश्चिम लोकमार्ग स्थित अरुणखोलाको वारी र पारी दुबैतर्फ यातायातका साधनहरु लामबद्ध छन् । ठूला सवारी साधन बिशेष त मालसामान ढुवानी गर्ने गाडीहरुलाई रोकिएको छ । पानीको बहावको अवस्था अध्ययन गर्दै मौका छोपेर भएपनि वारपार गराईएको हो ।
लामो दुरीमा यात्रा गर्ने यात्रुहरुलाई गन्तब्यमा पुर्याउनका लागी अहिले मेलिङ बिधि अपनाईएको छ । यात्रुहरुलाई एकैछिन बसबाट ओरालेर हिडाएर पुलबाट वार–पार गराएर पुनः अर्को बसमा पठाईएको बताउनुभयो ।
हिजो साँझ नवलपुर र निस्दी पाल्पाका पहाडी क्षेत्रमा परेको अबिरल बर्षसँगै खोलामा पानीको बहाव अकस्मात बढेर आउँदा अस्थायी डाईभर्सन बगाएको हो ।
गत बुधबार ट्रकको ठक्करवाट पुलमा पुगेको क्षतिपश्चात् पुलबाट पैदलयात्री, साईकलयात्री र मोटरसाईकलयात्रु बाहेकलाई वारपार गर्न निषेध गरिएको छ । पुलको मर्मतमा प्राबिधिकटोली खटिएकाछन् । डाईभर्सन बनाउनका लागी खोलामा २ वटा एक्जाभेटर समेत प्रयोग भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment