खगेन्द्र पराजुली
३ भाद्र, नवलपुर ।
मध्यबिन्दु स्थित चोरमारामा बसले मोटरसाईकल र साईकललाई ठक्कर दिदा एक साईकलयात्रीको ज्यान गएको छ भने मोटरसाईकल चालक घाईते भएका छन् ।
आज बिहान पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको बसले सोही दिशामा गईरहेका मोटरसाईकल र साईकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
ना ५ ख ४८६ नम्वरको बसले ना ४५ प २१०७ नम्वरको मोटरसाईकललाई र साईकललाई समेत ठक्कर दिदा भारत घर भई मध्यबिन्दु ७ चोरमारामा अस्थायी रुपमा डेरा गरी बस्ने ३५ बर्षका मोहम्मद साहबिर आलम गम्भीर घाईते भएपश्चात उपचारका क्रममा मध्यबिन्दु जिल्ला अस्पताल कावासोतीमा ज्यान गएको हो भने सोही स्थानका मोटरसाईकल चालक ४८ बर्षिय भानुभक्त पंगेनीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment