नारायण विश्वकर्मा
०२ भाद्र , स्याङ्जा ।
स्याङ्जामा जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १६ वर्षकी किसोरीलाई करणी गरेको अभियोगमा ६८ वर्षका वृद्धलाई पक्राउ गरेको हो ।
वृद्धले किसोरीलाई बिभिन्न बहाना बनाई जबरजस्ती करणी गरेको भन्ने ५१ वर्षकी महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार महिलाले उजुरीमा वृद्धालाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने पनि उल्लेख गरेकी छन ।
भण्डारीले किसोरी र वृद्ध विचको हाडनाता करणी भन्ने वुझीएको बताए ।
उनले वृद्धलाई थप अनुसन्धानका लागि जिल्ला अदालत स्याङ्जामा प्रस्तुत गरिएको बताए ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment