खगेन्द्र पराजुली
३ भाद्र, नवलपुर ।
हिजो साँझ बिरामी अवस्थामा भेटिएकी एक महिलाको उपचारको क्रममा निधन भएको छ । कावासोती नगरपालिका वडा नम्वर १६ बाईसघरे स्थित नयाँ निर्माणका क्रममा रहेको घरमा बिरामी अवस्थामा भेटिएकी अन्दाजी ३५–४० बर्षकी महिलालाई स्थानीय र प्रहरीको सहयोगमा स्थानीय मेडिकलमा उपचारका लागी लगिएकोमा सामान्य उपचारपछि उनलाइ थप उपचारका लागी भरतपुरस्थित सरकारी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको हो ।
जमुना नाम बताएकी उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी गराउनुभएको छ ।
मृतकको नाम बाहेक अन्य पुरा परिचय बिवरण अझसम्म खुल्न नसकेका कारण शवको सनाखत हुन सकेको छैन । शव अहिले भरतपुर अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment