सुशिल सुबेदी
स्याङजा, भदौ ०३ ।
कृषी क्षेत्रमा आधुनिकता भित्रिए पनि स्याङजामा भने परम्परागत शैलीमा मनाईदै आएको हरेलो पर्ब संरक्षीत गरिएको छ । पहाडी क्षेत्रमा भदौ महिनाको पहिलो मंगलबार यो पर्ब मनाईन्छ । केही स्थानमा भने अन्तिम मंगलबार पनि यस पर्ब मनाईन्छ । भूमि पूजा अर्थात धानको न्वारन गर्ने परम्पराको रुपमा पनि यस पर्बलाई लिन सकिन्छ । हरेलो नगरेको धान शुभ कार्य वा धार्मिक कार्यमा अशुद्ध हुने स्थानिय कृषक नन्दलाल सुबेदी बताउँछन् ।
उनी भन्छन् , ‘जिजु बाजेले यो परम्परा सिकाए हामीले धानेका छौँ , भोलीका सन्तती के गर्छन् थहा छैन । ’ भदौको पहिलो मंगलबार स्नान गरेर चोखो बस्त्र लगाउने , धुप , धजा , मियाल वा पातीको हाँगा आलीको डिलमा गाड्ने गरिन्छ । अन्न वा गेडा गुडीको बीउ भुसमा मिश्रण गरेर मकैको खोस्टामा बाबियाले बाँधेर पोको पार्दै पाति वा मियालको हाँगामा झुन्ड्याईन्छ । उक्त पोकोमा केही समय पश्चात राम्रो संग अन्न गेडा गुडीको बीउ राम्रो सँग उम्रीएमा त्यो बर्ष धान पनि राम्रो हुने बिश्वास जनमानसमा रहि आएको छ । यो परम्परागत शैलीमा हावापानी र मौसमको अबस्था मापन गर्ने तरिकाको रुपमा लिन सकिन्छ ।
धार्मीक आस्था र महत्व एक ठाउँमा भएपनि यो पर्ब मान्ने केही बैज्ञानिक आधार पनि छन् । खेतको आलीमा गर्ने पूजा , धुप धुवाँरले किरा फट्याङ्गरालाइ निर्मुल पार्न जैबिक बिषादीको काम गरिहेको हुन्छ । यस्ता संस्कार र परम्पराले खेती किसानीको अनुशासनलाई पनि पछ्याईरहेको हुन्छ ।
पहाडी क्षेत्रमा यो परम्परा संरक्षीत भएको भएपनि नयाँ पुस्ताका युवाहरु यो संस्कारलाई व्यवहारमा उतारेको देखिँदैन । कृषी क्षेत्रमा आधुनिकता भित्रीदा यस्ता संस्कार र परम्परा भने लोपोन्मुख अबस्थामा पुगेको छ । यस्ता परम्पराको संरक्षण गर्न आबश्यक देखिन्छ ।
वालिङ १० का कृषक नन्दलाल सुबेदी परम्परागत शैलिमा हरेलो पर्ब मनाउँदै मियालको हाँगो गाड्दै ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment