Tuesday, August 20, 2019



खगेन्द्र पराजुली
नवलपुर, मंगलवार, ३ भाद्र । 

नेपाल कम्युनिष्ट पार्टी नेकपा नवलपुर जिल्ला कमिटिको दोस्रो बैठक नवलपुरमा सम्पन्न भएको छ ।  

देबचुलीको दलदलेमा आयोजना भएको बैठकमा नेकपा गण्डकी प्रदेश ईन्चार्ज एवं गण्डकी प्रदेश मुख्यमंत्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । 

 गुरुङले बैठकमा आफ्ना धारणा राख्ने क्रममा पार्टी र सरकारका बीचमा दरार पैदा गर्न खोजिएकाप्रति पार्टी कार्यकर्तालाई प्रशिक्षित बनाउँदै अनुशासनको दायरामा ल्याउने पार्टीका नेतृत्वदायी भुमिकामा रहनुहुने नेताहरुले जिम्मेवारी पुरा गर्न आवश्यक रहेको वताउनुभएको बैठकमा सहभागी एक जिल्ला नेताले बताउनुभयो । 


पछिल्लो समय सुस्ताएको पार्टी गतिबिधिलाई सक्रिय रुपमा सञ्चालन गर्न पनि आजको दोस्रो बैठक महत्वपूर्ण हुने एक जिल्ला कमिटि सदस्यले बताउनुभएको छ । 
 नवलपुरमा रहेका आठ वटै पालिका अन्तर्गतका नगर तथा गाउँ कमिटि इन्चार्जबाट  रिपोर्टिङ भएपश्चात् गहन छलफल भएको बताईएको छ । 

जिल्ला कमिटि बैठकले पार्टी कमिटि तल्लो स्तरसम्म परिचालित गर्ने, जनबर्गिय संगठन गठन–परिचालन, र पार्टी कार्यालय सञ्चालन गर्न जिल्ला पार्टी कार्यालय समिति गठन गर्ने लगायतका प्रस्तावमाथी छलफल गर्दै ७ सदस्यीय जिल्ला पार्टी कार्यालय गठन र ४८ सदस्यीय सचिवालय गठन गरेको छ ।  बैठकमा सहभागी जिल्ला कमिटि सदस्य दीपक भटराईले जानकारी दिनुभयो  । 

छलफलमा नेकपा गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले सुझाव सहितका मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

त्यस्तै, नेकपा केन्द्रिय कमिटि सदस्य एवं नवलपुर ईन्चार्ज तिलक महतले पार्टीमा कुनै गुट उपगुट नरहेकाले अव एकढिक्का भएर पार्टी गतिबिधिलाई सञ्चालन गर्न आग्रह गर्नुभएको जनाईएको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *