Sunday, August 25, 2019


खगेन्द्र पराजुली
८ भाद्र,  नवलपुर ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागी हिरासतमा परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछानेको समर्थनमा पछिल्लो समय बिकसित भएको प्रदर्शन गतिबिधिप्रति सत्तापक्ष नेकपा नवलपुर जिल्ला संगठन कमिटिले भत्सर्ना गरेको छ ।

आज जिल्ला कमिटि अध्यक्ष रोशन बहादुर गाहा र सचिब मित्रशरण शर्मा बिहानीद्धारा हस्ताक्षरित एक बिज्ञप्तिमा हिजो कावासोतीमा स्वतन्त्र समाज नवलपुरको नाममा रबि लामिछानेको रिहाईको बहानामा अराजक ब्यक्तिहरुको जमातले प्रधानमंत्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुर्ब प्रधानमंत्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लक्षित हिस्रक शब्दावली प्रयोग गरी नारावाजी गर्दै नगरपरिक्रमा गरेको प्रति पार्टीले भत्सर्ना गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ– सरकार तथा गणतन्त्रबिरोधी ब्यक्तिहरुबाट राज्यका उच्च ओहोदामा रहने ब्यक्तिहरुमाथी  गलत तरीकाबाट धावा बोल्ने उच्छृङ्खल गतिबिधिले समाजमा अमन चयन र शान्ति–सुरक्षामा समेत खलल बनाएको हुदाँ निजहरुले गरेको घृणित गतिबिधिप्रति सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता क्रियाकलापमा संलग्न ब्यक्तिहरुमाथी यथासिघ्र कडाभन्दा कडा कार्यबाहीको माग गर्दछ ।

बिज्ञप्तिमा यस्ता गतिबिधिमा कार्यकर्ताहरुलाई सरिक नहुन अपिल गर्दै यस्ता उच्छृङ्खल गतिबिधिमा संलग्न नभई संयमिति हुन आम नागरीक एवं पार्टीका कार्यकर्ताहरुमा अपिल गरिन्छ भनिएको छ । 

यस्तै जिल्ला स्थित बिद्यार्थी संगठन अनेरास्वबियु तथा अनेरास्वबियु –क्रान्तिकारी र युवा सम्वद्ध युवा संघ नेपाल एवं वाई सी एल् ले समेत कावासोतीमा हिजो भएको प्रदर्शनमा मुलुकलाई नै उद्धेलित तुल्याउने नारावाजी गर्ने समुहलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउने पर्ने भन्दै बिज्ञप्ति निकालेका छन् ।






0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *