चितवन, भदौं ८ ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीको आज चितवन जिल्ला अदालतमा बयान लिइएको छ ।
सरकारी वकीलको कार्यालयले आज आत्महत्या दुरुत्साहन अभियोगमा मुद्धा दर्ता गरेपछि अभियुक्तहरुको बयान लिन सुरु भएको हो । सो क्रममा आज पहिलो बयान अस्मिता कार्कीको लिइएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।
श्रेष्तेदार गिरीले आज समय अभावका कारण रवि लामिछाने र युवराज कँडेलको भोलि विहान १० बजेबाट बयान लिइने जानकारी दिनुभयो । दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।
त्यस्तै, रवि लामिछानेका समर्थकहरुले आज दशौं दिन पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले भरतपुरको चौविसकोठी चोकमा प्रदर्शन गरिरहेका थिए ।
यसैक्रममा शान्तिपूर्ण प्रदर्शन भनिए पनि भीडबाट उद्धेलित नारा र जमातले प्रशासनको मर्यादा सीमा नाघेकाले प्रहरीले अहिले साँझ ६ बज्न लाग्दा लामिछाने समर्थक माथी अश्रु ग्यास र लाठि प्रहार समेत गरेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment