Thursday, August 29, 2019


खगेन्द्र पराजुली
१२ भाद्र, नवलपुर । 

संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भटराईले आज नवलपुरको धौवादीमा लालीगुरास संरक्षित क्षेत्र तथा एकिकृत नमूना बस्तीको शिलान्यास गर्नुभएको छ । 

मंत्री भटराईले एकिकृत बस्ती, नमूना बस्ती यो नेपाल सरकारकै अभियान भएकाले जुन आज गाउँपालिकाले  अभियानको रुपमा चलाउँदै गर्दा सही काम अगाडी बढाएको जिकिर गर्दै यस्ता सुन्दर प्राकृतिक मनोरम ठाउँहरुलाई एकिकृत बस्ती, नमूना बस्ती बनाउँदा प्राकृतिक हिसावले पर्यटकीय हिसावले नमूनायोग्य ठाउँहरु कमजोर नबनोस् शुभकामना दिनुभयो । 

शिलान्यास समारोहमा बोल्दै मंत्री भटराईले संमृद्धि र बिकासका लागी स्थानीय स्तरबाटै नयाँ र आम्दानी बढाउने योजनाहरु आउनुपर्नेमा जोड दिनुभयो । वहाँले चि तवन देखि लुम्विनीसम्मको क्षेत्र पर्यटकहरुको उचित गन्तब्य भएको जिकिर गर्दै सम्भावनाको खोज गर्दै स्थानीय सरकारले समेत पर्यटकीय स्थलहरुको बिकास गर्नुपर्ने बताउनुभयो । 
वहाँले भन्नुभयो तपाई हामी अर्थात् संघीय सरकार र स्थानीय सरकारको समन्वयमा पर्यटकीय क्षेत्र निर्माण गरौं । हामीले पर्यटक आए भने मात्र त्यसप्रति चासो राख्नु भन्दा पनि पर्यटक लोभ्याउन पूर्वाधार तयार पार्न तर्फ लागौं । 


फरक प्रसंगमा वहाले तीनै तहका सरकारले संघीयता र गणतन्त्रलाई मजबुत बनाउने दावी गर्नुभयो । मंत्री भटराईले मुलुकमा राजनैतिक रुपमा अहिले कोही कसैको दुश्मनी नभएको धारणा ब्यक्त गर्दै अगाडी भन्नुभयो नेपाल कम्युनिष्ट पार्टीका कुनै पनि दुश्मन छैनन् मलाई लाग्छ नेपाली काग्रेसका पनि कुनै दुश्मन छैनन् आज ईतिहासले यी २ वटा पार्टीलाई सबैभन्दा महत्वपूर्ण भूमिका दिएको छ किनभने यो परिस्थिति निर्माण गर्न पनि हामी यी २ वटा पार्टीको निर्णायक भूमिका थियो । तर आज जनताले हामीलाई एकताबद्ध भएर बिकास र निर्माणको काममा अगाडी बढ्छन् कि बढ्दैनन्, नेकपा र नेपाली कंग्रेस यो हामीलाई बडा नजिकबाट  नजर लगाईराखेका छन् । म यही मञ्चवाट सबै राजनैतिक दलका मित्रहरुलाई भन्न चाहन्छु हाम्रो प्रतिस्पर्धा चुनावमा हुन्छ हाम्रो प्रतिस्पर्धा राजनितिमा हुन्छ त्यो बेला हुनै पर्छ, लोकतन्त्रमा यो आवश्यक पनि छ । तर, जव बिकास निर्माणको कुरा आउँछ हामी सबै एकताबद्ध होऊ किनकि हाम्रो दुश्मनी कसैसँग छैन यदि दुश्मनी छ भने त्यो गरीबीसँग दुश्मनी हो, त्यो अशिक्षासँग हाम्रो दुश्मनी हो, त्यो पछौटेपनसँग हाम्रो दुश्मनी हो यदि कुनै दुश्मनी छ भने एउटी आमाले बच्चा जन्माउने बेलामा अस्पतालको सेवा नपाएर बच्चा र आमाको मृत्यु भएको छ एउटा दुर्गम ठाउँका मानिसहरुले पखाला लाग्दा जीवनजल खान नपाएर मृत्यु भएको छ सबभन्दा ठूलो दुश्मनी हाम्रो त्यो हो । 

वहाँले अझ अगाडी भन्नुभयो ग्रामीण भेगका बालबच्चाहरुले उचित शिक्षादिक्षा पाउन सकिरहेका छैनन् यदि हाम्रो दुश्मनी कोही छ भने मलाई लाग्छ त्यही नै हो त्यसैले त्यो दुश्मनीका बिरुद्ध हामी एकतावद्ध भएर लडौं, अगाडी जाऊ । ईतिहासले हामीलाई मौका दिएको छ । ईतिहासले सँधै मौका दिदैन । खास खास बेलामा मौका दिन्छ आज ईतिहासले हामीलाइ त्यो ऐतिहासिक मौका हाम्रो अगाडी हाम्रो सामुन्ने दिएको छ त्यसैले म सबै राजनैतिक दलका मित्रहरुलाई पनि एकताबद्ध हुदै यो दिशामा अगाडी बढ्न अनुरोध गर्न चाहन्छु । 

मंत्री भटराई कार्यक्रम स्थल पुग्नु पहिले देबचुली नगरपालिकामा समेत पस्नुभएको थियो । अकस्मात मंत्री भटराईलाई स्वागत गरेको देबचुली नगरपालिकाले दलदले धौवादी बाटो निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद शर्मा मरासिनी तथा देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले नवलपुरका जनताका लागी प्रदेश राजधानी पोखरा पुग्न अत्यन्त उपयुक्त वाटोको रुपमा रहेको दलदले हुदै जाने बाटो नै भएकाले यसको स्तरोन्नतीका लागी पहल गरिदिन आग्रह समेत गर्नुभएको थियो । 

हुप्सेकोट गाउँपालिकाले निर्माण गर्न लागेको लालीगुरास संरक्षित क्षेत्र तथा एकिकृत नमूना बस्तीको शिलान्यासका लागि मन्त्री भटराई नवलपुर आउनु भएको हो ।  

भटराई मन्त्री भएपछी पहिलो पटक नवलपुर आउनु भएको हो ।  



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *