खगेन्द्र पराजुली
१३ भाद्र, नवलपुर ।
आज अन्तराष्ट्रिय बेपत्ता दिवस । बेपत्ता दिवसको दिन पारेर नवलपुरको कावासोतीमा आयोजित एक कार्यक्रममा उपस्थित सबैले बलपूर्बक बेपत्ता भएका नागरीक तथा आफन्तहरुको सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।
नेपाली समाजमा ब्याप्त निराशा र आशामा बोलिने एउटा भावुक शब्द कि लाश कि सास छिटोभन्दा छिटो सार्वजनिक गर्न नवलपरासीबाट बेपत्ता भएका नागरीकका आफन्तहरुले राज्यपक्षसँग माग गरेका छन् ।
बेपत्ता भनिएका आफ्ना आफन्तको कुनै पनि अत्तो–पत्तो नहुदा पल पल जीवित आफूहरुलाई समेत सताईरहेको सहभागीहरुको नमिठो अनुभव छ ।
करीब करीब मुलुकमा शान्ति सम्झौता भएको १३ बर्ष बितिसक्दा पनि हाम्रा छोरा–छोरी, श्रीमान्–श्रीमती, दाजु–दिदी, भाई–बहिनीको अवस्थाको बारेमा बेखवर हुनुपर्दा हाम्रो मनोबृतिमा कस्तो प्रभाव परेको होला, कम्तीमा जीवित भए जीवित रहेको र मृत्यु भएको भए मृत्यु भएको हो भनिदिए त हामी दिनदिनै तड्पिनुपर्ने त थिएन, बाटो कुरेर बस्नुपर्ने त थिएन बेपत्ता परिवारका आफन्तहरु भन्दछन् ।
अन्तराष्ट्रिय बेपत्ता दिवसमा नेपाल रेडक्रस सोसाईटी नवलपुर जिल्ला शाखा र एमनेष्टी ईन्टरनेशनल ४० औं समूह कावासोतीको आयोजनामा कार्यक्रम भएको हो ।
नवलपरासीमा अहिलेसम्म अझै २० जना नागरीक बलपूर्बक राजनैतिक बेपत्तामा परेको तथ्याङ्क रहेको छ । जसमध्ये १५ जना नवलपुरका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment