Saturday, August 31, 2019


खगेन्द्र पराजुली, 
१४ भाद्र, नवलपुर । 

नवलपुरका भेटेरीनरी प्राबिधिकहरुद्धारा प्रथम जिल्ला भेला सम्पन्न भएको छ । आज कावासोतीमा सम्पन्न भेलाले नेपाल पारा भेटेरीनरी एण्ड लाईभस्टक एसोसिएसन (नेभ्ला) नवलपुरको तदर्थ समिति समेत गठन गरेको छ । 

छरिएर रहेका मध्यम स्तरीय भेटेरीनरी प्राबिधिक (पारा भेट) हरुलाई समेटेर पेशागत हकहितलाई उठान गर्दै ब्यवस्थित गर्ने, प्राबिधिकहरुलाई दक्ष बनाउने, औषधि ब्यवसायी तालिम दिलाएर सबैलाई औषधि बिकास एशोसियसनमा आवद्ध गराई ब्यवस्थित गर्ने, पशु कृतिम गर्भाधान तालिम दिलाउने लगायत सहज ढंगबाट कृषकलाई सेवा प्रदान गर्ने मुख्य लक्ष्य सहित अन्य थुप्रै उद्देश्य हासिलका लागी भेलामार्फत् तदर्थ समिति गठन गरिएको नवलपुर नेभ्ला तदर्थ समितिका नव गठित समितिका अध्यक्ष सत्यनारायण भुसालले बताउनुभयो । 

साबिक नवलपरासीका नेभ्ला अध्यक्ष ध्रुवराज पाण्डेको अध्यक्षता एवं नेभ्ला केन्द्रिय सदस्य मुक्तिराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा भेटेरीनरी क्षेत्रमा ब्यवसायिक रुपमै क्रियाशील सत्यनारायण भुसाल, सत्यनारायण गोईत रमेश ज्ञवाली लगायतले भेटेरीनरी क्षेत्रका सम्भावना र चुनौतीका बारेमा बोल्नुभएको थियो । 

भेलाका प्रमुख अतिथि नेभ्ला केन्द्रिय सदस्य पौडेलले नवलपुरमा गठनको प्रक्रियामा लागेको नेभ्लाले पेशालाई मर्यादित बनाउनुका साथै आम कृषकहरुप्रति समर्पित हुन पनि जरुरी रहेको धारणा राख्नुभयो । 
वहाँले अहिले कृषकहरुमा ब्यवसायिकतातर्फ आकर्षण बढेको अवस्थामा पारा भेटेरीनरीहरुको जिम्मेवारी पनि अझ बढेको चर्चा गर्दै राज्यले कृषिलाई ब्यवसायिक बनाई कृषिबाटै आत्मनिर्भरतातर्फ लैजान पारा भेटेरीनरीहरुको अहम् भुमिका हुने बताउनुभयो । 

भेलाले सत्यनारायण भुसालको अध्यक्षतामा ९ सदस्यीय नेभ्ला नवलपुर जिल्ला तदर्थ समिति सर्बसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा धुर्वराज पाण्डे, सचिव दीपक बस्ताकोटी, कोषध्यक्ष चन्द्रा जिसीलाई चयन गरेको छ भने सदस्यहरु रामभक्त अधिकारी, धनवीर वली, डिल्ली ढुंगाना, यज्ञ जिसी, र बिजय ढकाल चुनिनिुभएको छ । 

त्यस्तै भेलाले ४ जनालाई सल्लाहकारमा छानेको छ । जसमा सत्यनारायण गोईत, रमेश ज्ञवाली, दधिराम अधिकारी र प्रदिप सापकोटा चयन हुनुभएको हो । 

नव गठित समितिका अध्यक्ष भुसालले समितिलाई नवलपुरका आठ वटै पालिकाबाट प्रतिनिधित्व हुनेगरी पूर्णता दिन २ जना सदस्य र १ जना सल्लाहकार मनोनित गरिने समेत बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *