Monday, August 12, 2019


खगेन्द्र पराजुली
२७ श्रावण, नवलपुर । 


नवलपुरमा फेरी अर्को शव फेला परेको छ । आज (सोमवार) साँँझ साढे ६ वजेतिर देवचुली न.पा. १७ पिप्रहर स्थित नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको हो । 

अन्दाजी २५–२६ वर्षको जस्तो देखिने पुरुष ब्यक्तिको शवको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय नवलपुरले यतिवेला नारायणी नदीमा भेटिएका शवहरु त्रिशुली वस दुर्घटनाका हुन सक्ने अनुमान गरेकोे छ । 

प्रहरीले लास–जाँँच मुचुल्का कार्य सम्पन्न गरी शव परीक्षणको लागी  भरतपुर अस्पताल पठाईएको जनाएको छ । 


उता, त्रिसुली नदीमा हराएका वसका यात्रुहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन नवलपुर र धादिङ प्रशासनबीचको बैठक कावासोतीमा सम्पन्न भएको छ । धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय लगायत सुरक्षा टोली र नवलपुर पुर्वका टोली विचको वैठक सम्पन्न भएको हो । 

बैठकले नवलपुरको नारायणी नदी क्षेत्र अन्तर्गतका स्थानहरुमा नवलपुरका सुरक्षाकर्मीले नारायणी नदीमा खोजी कार्यलाई अझ तिव्रता दिने, त्रिवेणी व्यारेजमा विशेष निगरानी वनाउने , त्रिवेणी पुलदेखि तल समेत भारतीय समकक्षीसँग समन्वय गरी उद्धार तथा खोजी कार्यलाई अगाडी वढाउन सहयोग पुर्याउन पहल गर्ने लगायतका निर्णय गरेको छ ।


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *