Monday, August 12, 2019


खगेन्द्र पराजुली
सोमवार, २७ श्रावण, नवलपुर ।  

नवलपुरको त्रिबेणी स्थित नारायणी नदीमा पानीमा तैरिएको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । 

आज बिहान अन्दाजी सवा १० बजे बिनयी त्रिबेणी ७ ब्यारेजपुल स्थित ३२ नम्वर ढोकामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीमा अन्दाजी ३५–४० बर्षका खैरो जिन्स पाईन्ट, कलेजी रंगको अण्डरवेयर र कालो–पहेलो रंगको कपडाको पेटी लगाएको कपाल छोटो भएको पुरुषको शव पानीमा रहेको अवस्थामा पानीबाट बाहिर निकालिएको उल्लेख छ । 

मृत अवस्थामा भेटिएको उक्त शवको अनुहार सहित शरीर समेत पानीले फुलेका कारण बर्ण तथा कुन मुल वा समुदायको हो भन्ने पहिल्याउन नसकिएको बताउँदै एक साता अघि धादिङको त्रिशुलीमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रु हुन सक्ने आशंकामा सम्वन्धित कार्यालयमा जानकारी गराईसकिएको र अन्य अनुसन्धान समेत भैरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो । 

शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । 

गत बिहीबार केउरेनी स्थित नारायणी किनारमा बेवारीसे भनी फेला परेको एक महिलाको शव सोही त्रिसुली बस दुर्घटनापछि हराएकी महिलाको हो भनी परिवारले पहिचान गरी बुझेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *