खगेन्द्र पराजुली
२६, श्रावण, देबचुली ।
देबचुलीको दिब्यपुरी स्थित केउरेनी चोकमा कपडा बैक स्थापना भएको छ । आज स्थानीय शुभ प्रभात समाजले केउरेनीमा कपडा बैङ्कको स्थापना गरेको हो ।
देवचुली नगरपालिका क्षेत्रमा पहिलो केन्द्रको रुपमा बनाईएको कपडा बैंकमा जो कसैले पनि आफुलाई प्रयोगमा नआएको नयाँ वा पुराना कपडा त्यहाँ ल्याएर छोड्न सक्ने र जसलाई आवश्यक छ उसले निसंकोच निशुल्क रुपमा लैजान पाउने गरी स्थापना गरिएको सो क्षेत्रमा क्रियाशील संस्था शुभ प्रभात समाजका अध्यक्ष कृष्ण वाग्लेले बताउनुभएको छ ।
सामाजिक एवं रचनात्मक क्रियाकलापमा संलग्न गराउँदै आएको शुभ प्रभात समाजमा आवद्ध युवाहरुको समूहको सक्रियतामा स्थापित केन्द्रको शुभारम्भ गर्दै देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले यस्तो अभियानले एकातिर अभावमा परेका गरिब, दुखी र असहायलाई सहयोगी हुने र अर्कोतिर कपडा ल्याएर छोड्नेलाई धर्म पनि हुने बताउनुभयो ।
शुभारम्भमा देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल, देबचुली नगरपालिकाको दिब्यपुरी क्षेत्रमा रहेका वडा १ देखि ५ सम्मका वडाध्यक्षसमेतको उपस्थिति रहेको थियो ।
देवचुली नगरपालीकाको विशेष सहयोग र युवा तथा खेलकुद विकास समिति देबचुलीको सहकार्य तथा शुभ प्रभात समाजको सक्रिय सहभागितामा बैंक खोलिएको हो ।
युवा तथा खेलकुद विकास समिति देबचुलीका अध्यक्ष एवं न्यायिक समिति देबचुलीका सदस्य भिमलाल तिवारीले युवाहरुले ल्याएको सकारात्मक भिजनलाई स्वीकार गर्दै सहकार्य गर्दा युवाहरुमा सामाजिक क्रियाकलापमा लाग्ने उर्जा प्राप्त हुने बताउनुभयो ।
त्यस्तै प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष्य खिमानन्द भुसालले देबचुलीमा युवाहरुले सामाजिक योगदान पुर्याउने खालका बिषयमा सिर्जनात्मक हुनु मानबीय बिकासका साथै संमृद्धिको सुचकको रुपमा लिएको बिचार ब्यक्त गर्नुभयो । अध्यक्ष भुसालले सेवा, सहयोग, मानवता र धर्म त हुन्छ नै सँगसँगै फालिने, गाडिने र जलाईने बस्तुहरुको ब्यवस्थापनले बातावरणीय र सरसफाईमा समेत एक हदसम्म हुने प्रदुषणमा कमी आउने दावी गर्नुभयो ।
शुभारम्भ भएकै दिन कपडा बैंक केन्द्रमा लुगा जम्मा हुन थालिसकेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment