Saturday, August 10, 2019



खगेन्द्र पराजुली, 
 श्रावण, नवलपुर । 

कावासोती स्थित नर्मदेश्वर शिवालय मन्दिरमा गएराती चोरी भएको छ । मन्दिर क्षेत्रका मन्दिरमध्येको मूल मन्दिर भित्र राखिएका २ वटा दान पेटिकामा रहेको नगद र मन्दिर भित्र रहेको गाईबाच्छा सहितको पित्तलको मूर्ति चोरी भएको मन्दिरका सहायक पुजारीले बताउनुभएको हो । 

पुजारीका अनुसार गएराती साढे ११ वजेसम्म सत्संग किर्तन गरीसकेपछि आफूले नै सो मन्दिरको तालाचावी लगाएर गएको तर बिहान आउँदा मन्दिरको ताला फोडिएको र हेर्दा भित्र रहेका २ वटा दानपेटिकाका बाकस नदेखेपछि प्रहरीलाई खवर गरेको बताउनुभयो । 


प्रहरी आईसकेपछि अझ मसिनोसँग हेर्दा सोही मूल मन्दिरको एक छेउमा  राखिएको गाईबाच्छा सहितको करीव ५ देखि ७ किलोग्रामसम्मको पित्तलको मूर्ति समेत चोरी भएको बताउनुभयो ।

चोरले मूल मन्दिरको पश्चिम तर्फको मूल ढोकामा लगाएको ताला अड्काउने नत्थी कुनै लिभर जस्तो औजारले फोडेर ढोका खोली भित्र पसेको अनुमान छ । चोरी भएका २ वटै बाकस मन्दिर देखि पश्चिम सत्संग भवन पछाडिको खाल्टे जमिनमा बर्खामा बढेर बनेको झाडी भित्र फेला परेको छ भने एउटा मूर्ति  नगद  भने चोरी भएको बताईएको छ ।  




0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *