श्रावण २५, नवलपुर ।
तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक युवती र बालकको शव फेला परेको छ ।
नदी किनारमा शुक्रबार अन्दाजी २५–२६ वर्षीया युवती र छ–सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
मृत फेला परेका युवती र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी नवलपुरको देवचुलीमा मृत अवस्थामा एक महिलाको शव भेटिएको छ । देवचुली नगरपालिका १ स्थित नारायणी नदीको किनारमा अन्दाजी ४० बर्षिया महिलाको शव फेला परेको हो ।
प्रहरी स्रोतका अनुसार धादिङको त्रिशुलीमा भएको बस दुर्घटना परी ज्यान गएको र पानीले बगाएर ल्याएको हुन सक्ने आशंकाका साथ धादिङ प्रहरी कार्यालयमा समेत अनुसन्धानका लागी अवगत गराईसकिएको नवलपुर जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत राजेन्द्र प्रसाल अधिकारीले बताउनुभयो ।
शव चितवन जिल्ला अस्पतालको शव गृहमा पठाईएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment