खगेन्द्र पराजुली
२५ श्रावण, नवलपुर ।
गत श्रावण १८ गते शनिवार एउटै मञ्चमा सम्पन्न साधारण सभाबाट एकिकरण भएको घोषणा गरेको नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था देवचुली, प्रगतिनगरको नयाँ नेतृत्व सहितको सञ्चालक समिति चयन भएको छ ।
सञ्चालक समितिको अध्यक्षमा मानसिंह खत्री चयन हुनुभएको छ भने उपाध्यक्ष्यमा देबेन्द्र भट्टराई छानिनुभएको छ । संस्थाको सचिवमा कुष्माखर काफ्ले, कोषाध्यक्षमा राधा न्यौपाने र सहसचिवमा भवानीप्रसाद तिवारी आउनुभएको छ ।
त्यस्तै सदस्यहरुमा दिना पराजुली, लक्ष्मी थापा, रीतामाया लम्साल, लक्ष्मीकान्ती भण्डारी, काशीनाथ तिमिल्सिना र निलप्रसाद पौडेल रहनुभएको छ ।
संस्थाको लेखा समितिको संयोजकमा यदुनाथ काफ्ले चुनिनुभएको हो भने लेखा सदस्यमा गोविन्द आचार्य र मोतीलाल अधिकारी पर्नुभएको छ ।
सर्बसम्मत रुपमा गठित सञ्चालक र लेखा समितिमा तत्कालिन नवप्रगति साकोसबाट अध्यक्ष, सचिव, सह सचिव सदस्य २ जना परेका छन् भने पृथ्वी साकोसले उपाध्यक्ष, कोषाध्यक्ष, र सदस्य ३ जना पाएको छ त्यस्तै हाम्रो जनसेवाबाट १ जना सदस्य समितिमा पर्नुभएको छ ।
नवप्रगति साकोसको कूल सदस्य संख्या ४३५३ पृथ्वी साकोसको १२८६ बिश्वज्योति साकोसको ६५ र जनसेवा साकोसको ३० गरी जम्मा ५७३४ सदस्य संख्या भएपनि अव एकिकरणपछि सदस्य संख्या अभिलेखीकरण गर्दै ब्यवस्थित गर्ने कार्य भैरहेकाले केही दिनमा बास्तबिक सदस्य संख्या पहिचान हुने बताईएको छ । करीव ५ सय जना सदस्य दोहोरिन सक्ने अनुमान अनुरुप ५ हजार २ सयको हाराहारीमा अव एकिकृत सहकारीमा सदस्य संख्या हुने बताईएको हो ।
यस अघि एउटै भेगमा सञ्चालित सहकारी संस्थाहरु रहेकाले दोहोरिने शेयर सदस्यहरु उल्लेख्य मात्रामा रहेकाले पनि यसलाई ब्यवस्थित गर्नुपरेको नव गठित सञ्चालक समितिका अध्यक्ष मानसिंह खत्रीले बताउनुभयो ।
गत १८ गते नवप्रगति साकोस, पृथ्वी साकोस, बिश्वज्योति साकोस र हाम्रो जनसेवा साकोसको संयुक्त साधारण सभाबाट एकिकरण घोषणा भएको हो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment