Friday, August 9, 2019


२४ श्रावण २०७६, शुक्रबार
काठमाडौं ।

काठमाडौंमा प्रहरीले गोली हानेर एकजनाला पक्राउ गरेको छ । काठमाडौंको बिजेश्वरीबाट लोप्चन भन्‍ने मिलन लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा लामा भाग्न खोजेको र सोही क्रममा पक्राउ गर्न गोली चलाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए । मिलन लामाको घुँडामुनि प्रहरीले दुई गोली हानेको छ ।

घाइते भएका लामालाई प्रहरीले तत्कालै अस्पताल लगेको छ। उनी काठमाडौंका विभिन्‍न क्षेत्रमा अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *