२४ श्रावण,
चितवन ।
चितवनको भरतपुरमा लुगा सुकाउने क्रममा एक महिलाको इनारमा खसेर मृत्यु भएको छ ।भरतपुर महानगरपालिका-९ आदर्शचोकमा आज शुक्रबार बिहान इनारको ढकनीमा चढेर कपडा सुकाउँदै गरेकी इन्द्रकला भूसालको इनारमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नवलपुरको गैँडाकोट घर भइ माइतीमा आएकी ४० वर्षीया इन्द्रकला भुसाल चढेको इनारको ढकनी एक्कासी भाँचिएर तल खसेकी थिइन् । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पतालमा राखिएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment