Friday, August 9, 2019


खगेन्द्र पराजुली, 
२४ श्रावण, नवलपुर । 

नवलपुर प्रहरीले २ जनालाई लागु औषध सहित पक्राउ गरेको छ । 

प्रहरी कार्यालयद्धारा दिईएको जानकारी अनुसार बिहीवार हाईवे चेकजाँजका क्रममा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत कावासोती १६ चालिस किलो भन्ने स्थानबाट लागु औषध सहित १ जना र सवारी चालक १ जना गरी २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा लु अ अ सा ७३१ नम्वरको कारमा आइरहेका चितवन कालिका नगरपालिका ६ का २७ बर्षिय गणेश रिमाल र कार चालक  रुपन्देही सिद्धार्थ नगरपालिका ७ का ४५ बर्षिय राजकुमार श्रेष्ठ  रहेका छन् । 

प्रहरीले चेकजाँचका क्रममा खोजतलास गर्दा चितवनका गणेश रिमालका साथबाट नुर्फिन १३० एम्पुल फेनारागन १३० एम्पुल र डाईजेपाम १३० एम्पुल गरी  ३९० एम्पुल लागु औषध बरामद गरेको छ । 

लागु औषध सहित फेला परेका रिमाल, कार चालक श्रेष्ठ र कार समेतलाई नियन्त्रणमा लिई थप अनुसान्धानमा लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका  अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *