Thursday, August 8, 2019


साउन २३, २०७६ रुकुम,

पश्चिम रुकुमका ६ वटै स्थानीय तहहरूले जिल्लामा मदिरा व्यवसायीको अनुमतिपत्र नवीकरण नगर्न पत्राचार गरेका छन। जिल्लामा मदिरा व्यवसाय गर्नको लागी अनुमतिपत्र प्रदान र नविकरण गर्दै आएको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई एकैसाथ पत्र लेखिएको छ। 

पत्रमा जिल्लामा मदिरा व्यवसाय व्यवस्थित गर्ने निर्णय र स्थानीय सरकार प्रमुखको निर्देशन अनुसार गाउँ तथा नगरपालिकाको  सिफारिस बिना अनुमतिपत्र नविकरण नगरिदिन पत्राचार गरेका हुन। स्थानीय तहको पत्राचारपछि कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमले  आफ्नो माथिल्लो तहमा यसबारेमा निर्णय लिन पत्राचार गरेको छ। 

कोलेनिकाले साउन १५ गते पत्र लेख्दै मदिरा बिक्री वितरणको लागि यस कार्यालयबाट अनुमति लिएका थोक तथा फुटकर व्यवसायीहरू नविकरणको लागि कार्यालयमा आए पनि स्थानीय सरकारले उक्त नविकरण नगर्न पत्राचार गरेपछिको अवस्थामा के गर्ने भन्ने निर्णय दिन भनेको छ। यस विषय अहिले अदालतमा विचाराधीन समेत छ।  

कोष नियन्त्रक इश्वरीप्रसाद ढकालमार्फत गरिएको उक्त पत्राचार महालेखा नियन्त्रक कार्यालय, कानुन तथा राय शाखा काठमाडौं र आन्तरिक राजश्व विभाग काठमाडौं र मदिरा व्यवसायी संघ रुकुम पश्चिमलाई बोधार्थ समेत गरिएको छ। 

‘नविकरण सम्बन्धमा आवश्यक निर्देशन पठाई दिनहुन  अनुरोध गरिन्छ’ कोलेनिकाले आफ्नो माथिल्लो  निकायमा लेखेको पत्रमा उल्लेख छ।  


यो समाचार थाहा खवरवाट साभार गरिएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *