Sunday, August 4, 2019


खगेन्द्र पराजुली
१९ श्रावण, नवलपुर । 

नवलपुर प्रहरीले भिन्दाभिन्दै २ ठाउँवाट ३ जनालाई लागु औषध सहित पक्राउ गरेको छ । 
प्रहरी कार्यालयद्धारा दिईएको जानकारी अनुसार शनिवार हाईवे चेकजाँजका क्रममा रजहरको फारमबाट २ जना र कावासोती तिनघरे चोकबाट १ जना पक्राउ परेका हुन् ।

रजहरबाट पक्राउ पर्नेमा लु अ अ ४२५३ नम्वरको टाटासुमो चालक रुपन्देही ओमतरीया ४ बेतौलाका ३४ बर्षका चुनमुन मल्लाहा र सोही गाडीमा सवार पोखरा माहानगरपालिका २९ का ४० वर्षका जितेन के.सि.(कार्की)रहेका छन् । 

गाडीको सिटमुनि जिन्स पाईन्टमा बेरेर लुकाईछिपाई ल्याएको नुर्फिन ६० फेनारागन ६० र डाईजेपाम सेरिजेक ६० एम्पुल गरी १८० एम्पुल लागु औषध सहित उनीहरु पक्राउ परेका हुन् । 

त्यस्तै,  कावासोतीको तिनघरेचोकमा ना.७ ख.६७४७ नंको बसमा सवार गोर्खाको शहिद लखन गाउँपालिका ३ मनकामनाका २३ बर्षिय बिकास थापाले बोकेको झोलाबाट डाईजापाम २ सय एम्पुल ,फेनारागन २ सय एम्पुल र नुर्फिन २ सय एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका  प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकृत अर्जुन रानाभाटले जानकारी दिनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *