खगेन्द्र पराजुली
२० श्रावण, नवलपुर ।
नवलपुर प्रहरीले बिद्रोही बिप्लव समूहप्रति निगरानी बढाएको छ । जिल्लामा हिंसात्मक र आगजनीका घटना बढ्न थालेपछि प्रहरीले बिप्लव समर्थित नेकपाका जिल्लास्थित नेता कार्यकर्ताका रुपमा रहेका ब्यक्तिहरुप्रति निगरानी राखेको हो ।
यसैबीच, हिजो राती जिल्ला प्रहरी कार्यालय नवलपुरद्धारा खटिएको बिशेष टोलीले गैंडाकोट १४ बाट एक जना नेकपा बिप्लवका जिल्ला कमिटि सदस्यलाई पक्रिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका वडा नम्वर १४ का ६८ बर्षीय काशीराम कँडेल रहेको जनाईएको छ । कँडेल नेकपा बिप्लवका नवलपुर जिल्ला कमिटि सदस्य भएकाले आवश्यक अनुसन्धानका लागी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment