खगेन्द्र पराजुली,
२१ श्रावण, नवलपुर ।
देबचुली नगरपालिकाको दलदलेमा स्थापित कृषि उपज बिक्री केन्द्रले स्टल बुकिङ खुला गरेको छ । अव तत्कालै बजार सञ्चालनको तयारी गरिरहेको केन्द्रले स्टलको भाडा दर समेत सार्वजनिक गरेको छ । आज (मंगलवार) आयोजित पत्रकार सम्मेलन मार्फत स्टलको भाडादर र बुकिङ खुला गरिएको जानकारी गराईएको हो ।
१ हजार ६ सय देखि २ हजार ६ सय सम्मका सटर बुकिङ खुल्ला गरिएको समन्वयकारी संस्था देबप्रगति बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हुकुमबहादुर सुबेदीले जानकारी दिनु भयो । अध्यक्ष सुबेदीले स्थानिय क्षेत्रको विकासका लागि कृषि उपज केन्द्रको महत्वपुर्ण भुमिका रहने बताउदै बजारलाई थप व्यवस्थीत बनाउने बताउनु भयो ।
जम्मा ५ वटा ट्रष्ट भवनमा प्रत्येक १ भवनमा १० वटाका दरले कोठा सटर निकाल्न मिल्ने संरचना अनुरुप तयार भएको स्टललाई ३ तहमा बिभाजन गरीएको हो ।
जस अनुसार कोठा नम्वर १ देखि १४ सम्म २ हजार ६ सय रुपैया, १५ देखि ३५ सम्म २ हजार १ सय रुपैयाँ र ३६ देखि ५० सम्मलाई १ हजार ६ सय रुपैंया प्रति महिनाको भाडादर कायम गरिएको जनाईएको छ ।
स्टल पहिला बुकिङ गर्न आउनेलाई १० प्रतिसत छुटको ब्यवस्था गरिएको र स्टलको अगाडी स्थानीय किसानले आफैले उत्पादन गरेको कृषि उत्पादनलाई बिक्री बितरण गर्न पाउनेगरी निशुल्क कृषक चौतारी उपलब्ध गराउने समेत बताईएको छ ।
त्यस्तै देबचुली नगरपालिका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारीले मुख्य सडकसँग जोडिएका ब्यापारीक केन्द्रहरु भन्दा अहिले बनेको कृषि उपज केन्द्रको लोकेशन समेत बजारलाई ब्यवस्थित गर्न उपयुक्त र प्रभावकारी रहने बताउनुभयो । वहाँले नगरपालिकाले यहाँको फोहोर ब्यवस्थापन र सरसफाईलाई बिशेष ध्यान पुर्याउनुपर्ने देखिएकोले उपज केन्द्रको पछाडीपट्टी छोडिएको जमिनमा प्रांगारीक मल उत्पादन गर्ने सेट–प्लाण्ट निर्माण गर्ने बताउनुभयो ।
यो पनि पढ्नुहोस् ।
यो पनि पढ्नुहोस् ।
admin



0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment