खगेन्द्र पराजुली,
२१ श्रावण, नवलपुर ।
पूर्ब पश्चिम लोकमार्ग अन्तर्गत गैंडाकोटको थुम्सीमा बस र म्याजिक ठोक्किदा ३ जना घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जादै गरेका ना ५ ख ९००० नम्बरको बस र सोहि दिशातर्फ जाँदै गरेको ना १ ज ७८४१ नम्बरको म्याजिक गाडी ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी म्याजिक गाडीका चालक र सोही गाडीमा सवार १ जना यात्रु तथा बसमा सवार १ जना गरी ३ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
घाईते तीनै जनाको भरतपुर स्थित सिएम्सी अस्पतालमा उपचार भैरहेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै, पश्चिम नवलपरासीको सुनवलमा वस दुर्घटना भएको छ । दाङ्ग बाट काठमान्डौ जादै गरेको ना ६ ख ५०३९ नम्बरको बस सुनवल ५ मिनी बनकट्टीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी २५ जना यात्रु घाईते भएका छन् । घाईतेमध्ये २ जनालाई गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
१३ जना सामान्य र १० जनालाई मध्यम चोट लागी घाईते भएका यात्रुको बुटवल स्थित अस्पतालमा उपचारका लागी लगिएको हो । गम्भीर चोट लागेका २ जनाको भने जेनस अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरी जवान सरोज कुँवरले जानकारी दिनुभयो ।
दुर्घटनाको कारण अहिलेसम्म नखुलेको र दुर्घटना पछि बस चालक फरार रहेको प्रहरीले बताएका छन् । अहिले बस ब्यवसायी समिति प्रहरीको सम्पर्कमा पुगेको र समिति मार्फत बस धनीलाई सम्पर्कमा ल्याउने प्रयास भएको बताईएको छ । दुर्घटनामा परेको सवारी साधन ईलाका प्रहरी कार्यालय सुनवलमा राखिएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment