Wednesday, August 7, 2019


खगेन्द्र पराजुली 
२२ श्रावण, नवलपुर । 

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक वर्षसम्म भए गरेका कार्य प्रगतिको समिक्षा गर्दै ती कार्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । 

आज देबचुली नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गत सालको श्रावण २१ गते पदभार सम्हालेपछि १ वर्षभित्र गरेका ५६ वटा बुदाँगत उपलब्धि सार्वजनिक गर्दै संस्थाका अध्यक्ष खिमानन्द भुसालले खानेपानीका क्षेत्रमा एक घर एक धारा, सुरक्षित खानेपानी पुर्याउने हाम्रो अभिभारा भन्ने आदर्श वाक्यका साथ संस्था सो लक्ष्यप्राप्तिका लागी लागिपरेको वताउनुभयो । 

समिक्षा सार्वजनिक कार्यक्रममा बिवरण प्रस्तुत गर्दै अध्यक्ष भुसालले १ वर्षको अवधिमा ३५९ धारा विवरण गरिएको बताउनुभयो । वहाँले हाल प्रगतिनगर खानेपानीको सेवाक्षेत्रभित्र ४ हजार १ सय ७५ घरधुरीले खानेपानी उपभोग गर्दै आईरहेको बताउनुभयो । 

समग्र मुलुककै उत्कृष्ट १० खानेपानी संस्था मध्ये एक संस्थाको रुपमा सुचीमै सुचिकृत हुन सफल प्रगतिनगर खानेपानी संस्था अहिले उत्कृष्ट तीनमध्ये एकको खुट्किलोमा प्रबेश गर्दै गरेको जानकारी दिनुभयो । 

संस्थालाई उपभोक्ताप्रति उत्तरदायी बनाउन हरपल लागिरहेको वताउँदै वहाँले यो १ वर्षको अवधिमा १६४९१ मिटर पाइप लाइन विस्तार गरिएको र संस्थागत क्षेत्र अन्तर्गतका सशस्त्र प्रहरी औद्योगिक सुरक्षा वेस,अस्थाई प्रहरी चौकी देवचुली–१४ , दुर्गा मन्दिर दे.न.पा.–१४, दुर्गा मन्दिर दे.न.पा.–१० सिसौघारी,दुर्गा मन्दिर दे.न.पा.–१० भगवती टोल, दुर्गा मन्दिर दे.न.पा.–१२ गैडी चोक ,पशुपति साङ्गवेद आवासिय मा.वि. , गाँउघर क्लिनिक देवचुली न.पा.–१०, पृथ्वी मा.वि. ,नेपाल मगर संघ दे.न.पा.–१० लाई धारा जडान सामाग्री निःशुल्क वितरण गरिएको जानकारी दिनुभयो । 

खानेपानी संस्थाको आर्थिक पक्षलाई कम्प्यूटर प्रणालीमा ब्यवस्थित गरिएता पनि उपभोक्तालाई यो अनलाईनको युगमा घरमै बसी बसी महशुल भुक्तानी गर्न सकिने बिधि र प्रक्रियाका वारेमा अगिल्लै बर्षमा सञ्चालनमा आएको ई सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन १ सय ८३ जनालाई ३ दिने तालिम प्रदान गरिएको वताउनुभयो । जस अनुरुप हाल २५ प्रतिसत उपभोक्ताले ई–सेवा मार्फत महशुल भुक्तानी गर्ने गरेको वताउनुभयो ।  

वहाँले यो एक वर्षको अवधिमा देवचुली नगरपालिका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, परासी, नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरा, नेपाल विद्युत प्राधिकरण कावासोती, वासमिप, देबचुली वडा नम्वर १५, खानेपानी विभाग, तराइ मधेश समृद्धि कार्यक्रम  समेतबाट जिन्सी एवं कार्य तथा योजना समेत गरी ८ करोड ६२ लाख ५० हजार प्राप्त भएको बताउनुभयो । 

४ हजार १ सय ७५ धारावाट करीब ३० हजार जनसंख्या लाभान्वित भएको दावी गर्दै प्राबिधिक तथा प्राकृतिक समस्याका कारण आउने समस्यामा बाहेक सामान्य अवस्थामा प्रगतिनगर खानेपानीद्धारा नियमित चौबिसै घण्टा पानी प्रवाह गर्दै आईरहेको छ । 

पदभार ग्रहण लगत्तै संस्थाको पहिलो बैठकले गरेको निर्णय बमोजिम संस्थाको नीति अनुसार नेपाल सरकारबाट अपाङ्ता परिचय पत्र प्राप्त ब्यक्ति र परिचय पत्र वाहकको नाममा जग्गाको लालपुर्जा भएका ४ जनालाई निःशुल्क धारा वितरण गरिएको छ । 

वहाँले ब्यवस्थापकीय, प्रशासनिक, लगायतका क्षेत्रमा समेत  सुधारका निम्ति नीतिगत रुपमै कार्यान्वयन भएको वताउनुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएकी देबचुली नगरपालिकाकी उप प्रमुख पार्वता तिवारीले प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले देवचुलीका अन्य खानेपानी संस्थाको  समेत सुधारमा ध्यान दिदै अव सरसफाईमा समेत प्रभावकारी ढंगले जोडिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । यसका लागी नगरपालिकाले समेत समन्वय गरेर जानसक्ने वहाँको भनाई थियो । 

कार्यक्रममा देबचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल, सल्लाहकार पर्शुराम रेग्मी, तिलप्रसाद काफ्ले, प्रगतिनगर क्षेत्रका वडा अध्यक्षहरु, खानेपानी संस्थाका पदाधिकारी, सदस्यहरु, खानेपानी सुरक्षा समितिका पदाधिकारी लगायतको उपस्थित रहेको थियो । 

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष खिमानन्द भुसालले गर्नुभएको थियो भने स्वागत संस्थाका कार्यालय प्रमुख पुमकान्त बसेलले तथा सञ्चालन सचिव ईन्द्रमणी भुसालले गर्नुभएको थियो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *