खगेन्द्र पराजुली
२२ श्रावण, नवलपुर ।
कावासोतीबाट जुवा खेलिरहेको अवस्थामा ८१ हजार ७ सय पैसठ्ठी रुपैया सहित ९ जना पक्राउ परेका छन् । आज बुधबार दिउँसो ४ः४० बजेको समयमा कावासोती ८ स्थित बुधे तामाङको घरको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
तास खेलिरहेको ठाउँबाट प्रकाश भण्डारी, रुद्रबहादुर मल्ल, प्रेमबहादुर थापा, घनश्याम भुवानी, ईन्द्रदेब कट्टेल, ढकाराम न्यौपाने, तुलबहादुर राना, नन्दलाल बि।क। र श्याम पुर्जा मगर पक्राउ परेका अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
जुवा खेलिरहेको खालबाट प्रहरीले ७५ हजार ५ सय पच्चीस रुपैया नेपाली मुद्रा र ३ हजार ९ सय भारतीय मुद्रा सहित उनीहरुलाई नियन्त्रणमा लिईएको अनुसन्धान अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घरधनी भने फरार रहेको जनाईएको छ । उनको खोजी कार्य भैरहेको बताईएको छ ।

admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment